पक्राउ

साथीको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ

साथीको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ

१२ कार्तिक,काठमाडौं। साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ। जनकपुरधाम उपमहानगरपालिका-२४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा औरही गाउँपालिका-६ चक्कर टोल हाल जनकपुरधाम २४ बसहिया बस्ने पवन सहनी र जनकपुरधाम २४ बसहिया मुसहरी टोलका हरिचन मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो । यहि कार्तिक १० मा इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा उनकै साथीद्वय सहनी र मण्डलको संलग्नता रहेको छ । जटहीस्थित नेपाल भारत सीमा पारीबाट प्रतिबन्धित लागूऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा पछाडीबाट भाटाले प्रहार गरेपछि मृत्यु…
Read More
लागू औषतसहित झापाबाट ४ जना पक्राउ

लागू औषतसहित झापाबाट ४ जना पक्राउ

२६ असाेज,काठमाडौं । झापाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–९ का मोहन टुडु, सोम मर्डी र अंकित भन्ने डिल्ली बहादुर खड्का रहेका हुन् । उनीहरुलाई झापाको बिर्तामोडबाट लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हाे । प्रहरीले ब्राउनसुगर ९८ ग्राम २ सय ४० मिलिग्रामसहित पक्राउ गरेको हो । त्यस्तै, झापाको गौरीगञ्ज प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–०१५ प. ६७४६ नम्बरको स्कुटर चेकजाँच गर्दा चालक दमकका प्रकाश निरौलाको साथबाट ४ ग्राम ८ सय ३० मिलिग्राम ब्राउनसुगर फेला पारेको छ ।
Read More
सुनसरीमा गाजासहित ६ जना पक्राउ

सुनसरीमा गाजासहित ६ जना पक्राउ

१३ असाेज, काठमाडौं । सुनसरीको बराहक्षेत्रबाट गाजासहित ६ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १ सय २० किलोग्राम गाजासहित उनीहरुलाई पक्राउ गरेको हो । चतरा पुलबाट बराह मन्दिर जाने सडक खण्डबाट १ सय २० किलोग्राम गाजा बरामद गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईको कमाण्डमा खटेको टोलीले गाजा बरामद गरेको हो । भारतीय नम्बर प्लेट बिआर ०२ आर ९९९४ को सुमोको सिटमुनि लुकाएको अवस्थामा गाजा फेला परेको थियो । गाजा भारत लैजाने तयारी रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत घर भएका अररिया बथनाहाका सवारी चालक महमद सिराज, अररिया फेनाका अस्ताजु आलम र नशिम आलम तथा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.