सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भएकाे गृहमन्त्री श्रेष्ठकाे तर्क

Share Icon

४ असाेज, काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेकाले यसप्रति सचेत हुनुपर्ने बताउनुभएकाे छ ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सामाजिक सहिष्णुता र सौहार्दतालाई कमजोर पार्ने गतिविधि भइरहेको बताउनुभएकबाे हाे । नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक पहिचान रहेको भन्दै उहाँले आपसी एकता, सहिष्णुता र सौहार्दतालाई कुनै पनि हालतमा कमजोर हुन दिनु नहुने बताउनुभयाे।

गृहमन्त्री श्रेष्ठले सहिष्णुता कमजोर पार्ने प्रयत्नका विरुद्धमा सरकारले कानुनी र प्रशासनिक रूपमा हस्तक्षेप गर्ने स्पष्ट पार्नुभयाे । यसको निम्ति सबै सचेत हुनुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयाे ।

गृहमन्त्री श्रेष्ठले अर्थतन्त्रमा देखा परेका समस्याका कारण पनि समाजमा अस्थिरता र अराजकता उत्पन्न भएको बताउनुभयाे। समाजमा ‘हेट स्पिच’ बढेर गएको भन्दै उहाँले यसलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयाे । सामाजिक सञ्जालमा व्याप्त ‘हेट स्पिच’लाई नियमन गर्न सरकारले सरसल्लाह गरिरहेको समेत बताउनु भएकाे छ ।

सरकारले दलित र महिलामाथि हुने उत्पीडन र विभेदलाई प्रभावकारी ढंगले नियन्त्रण गरी अपराधी र दोषीलाई कारबाही गर्ने कुरालाई विशेष अभियानका रूपमा अगाडि बढाएको पनि गृहमन्त्री श्रेष्ठले बताउनुभयाे।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.