Share Icon

१७ माघ , काठमाडाैँ । गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नारायण श्रेष्ठ स्थानीय तहको निर्वाचनमा भारीमत ल्याएर अध्यक्ष पदमा निर्वातिच हुनुभएको हो । पछिल्लो समय वडा नम्बर ७ मा विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाइएको छ ।

स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, बाटो सडक, खानेपानी, कृषि तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याइएको उहाँले बताउनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ , वडा अध्यक्ष नारायण श्रेष्ठ ।

उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो, वडामा खानेपानीलाई पहिलो प्राथमिकता दिदै खानेपानीको टयाङकीको निमार्ण गरेर एक घर एक धारा पुराउने काम अन्तिम चरणमा पुगेको छ ।

त्यसै गरी स्वास्थ्यको क्षेत्रलाई मध्यनजर गर्दै सुत्केरी महिलाहरुको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको र महिनाको एक पटक स्वास्थ्य परिक्षण गर्ने वातावरणको सृजना गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

शिक्षाको क्षेत्रमा विशेष जोड दिदै शैक्षिक गुणस्तर कायम गर्नको वडाको पहलबाट सि.टि.भि. १८ महिने सिभिल इन्जिनिएर पढाउनको लागि विद्यालयको भवनको निमार्ण काम भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, वडामा कृषि पेशालाई व्यावसायमुखीकरण गर्नको लागि पँचास प्रतिशत वडाको लगानीमा र पँचास प्रतिशत लगानी टयाक्टरको व्यवस्था गरेको , मकैको विउँ वितरण गरेको ,हिँउदे तरकारी खेतिको तालिम राखेको, रासायनिक मल वितरण गरेका छौ ।

त्यसै गरी टोल टोलमा गारेटो बाटोको लागि सिढीको निमार्ण गरेका छौ । वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, स्रोत साधनले भ्यासम्म वडाको समग्र वडालाई समेट्दै निरन्तर काम अगाडि बढाइरहेको छौ ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ।

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

 

Facebook Comments Box

Share Icon