सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्न पहल जारी छ, चाँडै टुंगो लाग्छ : प्रधानमन्त्री

Share Icon

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी र लघुवित्तका समस्या समाधान गर्न सरकारले पहल गरिरहेको बताएका छन् ।

लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई सिंहदरबार बोलाएर छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले लघुवित्त र सहकारी क्षेत्रमा देखापरेका समस्या सम्बोधनमा सरकारले आवश्यक पहल गरिरहेको बताए ।

छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

उनले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लोसमय यो क्षेत्र संकटग्रस्त हुँदै गएको भएपनि सरकारले समस्या समाधानका लागि काम गरिरहेको बताए।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.