Share Icon

२ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश मनाङ जिल्लामा अवस्थित मनाङ ङिस्याङ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष खम्पा गुुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पछिल्लो समय मनाङ जिल्ला स्थित मनाङ ङिस्याङ गाउँपालिका वडा नं.२ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ ।

मनाङ ङिस्याङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष खम्पा गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयोे ।

उहाँले भन्नुभयो,  ” सुरुमा वडामा गाडि पार्किङको निमार्ण गर्ने काम सम्पन्न गरेको छौ । त्यसै गरी वडामा काठे पुल बनाउने काम पनि सम्पन्न भएको छ । ”

खानेपानीको क्षेत्रमा मर्मत सम्भार गर्ने योजना रहेको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो । त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्न विद्यालयको भवनको जस्ताको पाता नँया परिर्वतन गरेको उहाँले बताउनुभयो ।

कृषिको क्षेत्रमा कृषकहरुलाई स्याउको विरुवा वितरण गरेको तर चिसो हावापानी र हिउँ पर्ने भएकोले उत्पादन नभएको अध्यक्ष गुरुङले बताउनुभयो ।

धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जोड दिदै मन्दिर र गुम्बाहरुको मर्मत सम्भार गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

त्यस्तै बाटो सडकको स्तरउन्नति गर्दै बाटो ढलान गर्ने योजनामा रहेको उहाँको भनाई छ । वडामा साना तिना योजनाहरु धेरै रहेका छन् । ति योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

वडाको स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेको उहाँले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon