Share Icon

काठमाडाैं । जन्मदिन मनाउने तरिका सबैका आ–आफ्नै हुन्छन् । कसैले साथिभाई सँग जमघट गरेर मनाउँछन त कसैले घरपरिवारसँगै बसेर ।

त्यस्तै जन्मदिन भन्नेबित्तिकै अहिले धेरैले ‘केक’ भन्ने मात्र सम्झन्छन् । ‘केक’ हरेक अवसरमा प्रयोग गरिने सौखिन साधन बनेको छ । जन्मदिनको पर्याय बनेको ‘केक’ बाल मस्तिष्कमा निकै गहिरो छाप बनेर बसेको छ ।

‘केक’ ले क्रेजी बनाएर होला, आजभोलि बालबालिका त घरमा हजुरबुबा, हजुरआमा, आमाबाबु, काकाकाकी, मामामाइजु, दाइदिदीलगायत विभिन्न नातासँग सम्बन्धित सबै आफन्त जन्मेको दिन सम्झाउन थालेका छन् ।

तर गण्डकी प्रदेश पर्वत जिल्लामा अवस्थित पैयुँ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष नरभुपाल काफ्ले आफ्नो जन्मदिन मानवीय धर्म र संवेदनासँग जोडेर मनाउनुभएको छ । जुन कार्य शहरमा बसेर केक काट्न रहर गर्नेहरुका लागि मननीय छ।

वडा अध्यक्ष काफ्लेले जन्मदिन खेल्ने पोखरी आवासीय विद्यालयका विद्यार्थीसँग खुशी साटेर जन्मदिवस मनाउनुभयो । उहाँले व्यक्तिगत रूपमा उक्त विद्यालयका विद्यार्थीहरुलाई जुता, मुजा, टाई र बेल्ट वितरण गरेर जन्मदिन मनाउनु भएकाे हाे ।

साे क्रममा वडा अध्यक्ष काफ्लेले बालबालिकाको शिक्षाका लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । जुता, मुजा, टाई र बेल्ट पाएपछि बालबालिका खुसी भएका छन्। वडा अध्यक्ष काफ्ले साेही विद्यालयका पूर्व विद्यार्थी हुन् ।

Facebook Comments Box

Share Icon