Share Icon

बारा । डा. सीके राउत राष्ट्रिय अध्यक्ष रहेको जनमत पार्टी बाराले सदरमुकाम कलैयामा भ्रष्टाचार र बेथिति विरुद्ध खबरदारी गर्दै प्रदर्शन गरेको छ ।

जनमत पार्टी बाराको जिल्ला ईन्चार्ज शिवनाथ पटेलकाे नेतृत्वमा शनिबार सम्पन्न कार्यक्रम कलैया बजार परिक्रमा गरी सहिद (भरत) चौकमा कोणसभा गरी समापन गरिएको थियो ।

भुटानी शरणार्थी काण्ड जस्ता देशद्रोही हरकतको छानबिन गरि दोषीलाई हदैसम्म करवाहीको माग गर्दै नागरिकता विद्येयक पारित गर र देशमा भईरहेको भ्रष्टाचार र बेथिति अन्त गर नाराको साथ विरोध प्रदर्शन गरेको थिए ।

उक्त कार्यक्रममा केन्द्रीय सदस्य एवं पुर्व जिल्ला ईन्चार्ज ओमप्रकाश साह,केन्द्रीय सदस्य रामबाबु साह,रौशन खातुन, पार्टीका नेता प्रभुनाथ पटेल,कामेश्वर यादव,राष्ट्रिय परिषद् सदस्य प्रा. हरि प्र.कुर्मी , सी ए राजेश साह, प्रदेश कमिटी सदस्य संत‍ोष पटेल, गजानन्द यादव,रामाशंकर कुशवाहा, निवर्तमान जिल्ला सचिव विजय गुप्ता , सह सचिव राजु साह,कार्तिकदेव पाण्डे ,महिला नेतृ सुष्मा यादव लगायतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Share Icon