जनमत पार्टी बाराद्वारा पदभार ग्रहण कार्यक्रम तथा उपनिर्वाचन समीक्षा बैठक सम्पन्न
काठमाडाैं । जनमत पार्टी बाराद्वारा कलैया स्थित बारा उद्योग वाणिज्य संघको सभा हलमा नव मनोनित जिल्ला ईन्चार्जकाे पदभार ग्रहण कार्यक्रम तथा बारा-२ उपनिर्वाचनको समीक्षा बैठक सम्पन्न भएको छ ।
जनमत पार्टी बाराका नव मनोनित जिल्ला ईन्चार्ज शिवनाथ पटेललाई पार्टीका केन्द्रीय सदस्य एवं पुर्व जिल्ला ईन्चार्ज ओमप्रकाश साहले शनिबार पदभार ग्रहण गराउनुको साथै पद तथा गोपनीयताको सपथ समेत गराउनु भयो ।
साथै वितेको बारा-२ उपनिर्वाचन बारे जिल्ला स्तरीय चुनावी समीक्षा गर्दै बारा २ मा जनमत पार्टीले उत्साहजनक मत प्राप्त गरी राजनीतिक रुपमा चुनाव जितेको निष्कर्ष समेत निकालेको छ ।
जनमत पार्टीका केन्द्रीय सदस्यहरु , राष्ट्रिय परिषद् सदस्यहरु, प्रदेश समिति सदस्यहरु ,जिल्ला पदाधिकारीहरु , भातृ संगठनका प्रमुख , पालिका समितिका अध्यक्ष लगायत अगुवा नेताकार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न बैठकले जनमत पार्टीको सदस्ययता वितरण अभियान तिब्र रुपमा अगाडि बढाउनका लागि प्रत्येक पालिकामा जिल्ला स्तरीय जेष्ठ ९ गतेदेखि १५ गते सम्मका लागि जिम्मेवारी दिदै प्रतिनिधि तोकेर पठाईएको निर्णय समेत गरेको छ ।







