वडा कार्यालयद्वारा आज पनि विद्यार्थीहरूलाई पाेसाक वितरण

Share Icon

काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा आइतबार पनि विद्यार्थीहरूलाई शैक्षिक सहयोग वितरण कार्यक्रम अन्तर्गत पाेसाक वितरण गरिएकाे छ ।

वडा कार्यालयको समन्वय तथा ग्लोबल फेमिलि केयर नेपालको सहयोगमा विद्यार्थीहरूलाई पाेसाक वितरण गरिएकाे हाे ।

वडा अध्यक्ष राजकुमार तामाङ (रन्जित) ले यस वडा भित्र रहेको श्री कालिका आधारभूत विद्यालयका ५१ जना जना विद्यार्थीलाई पाेसाक वितरण गरिएकाे जानकारी दिनुभयाे ।

उहाँले ग्लोबल फेमिली केयर नेपालको सहयोगमा वडा कार्यालयले अहिलेसम्म वडा भित्र रहेका ७ वटा आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई पाेसाक गरिएकाे बताउनु भयाे ।

विद्यालय व्यवस्थापन समितिका जेष्ठ महिला सदस्य बिममाया तामाङको अध्यक्षतामा प्रमुख अतिथि वडा तामङले विद्यार्थीहरुलाई पाेसाक गर्नु भएकाे थियाे ।

पाेसाक वितरण कार्यक्रममा विशेष अतिथिकाे रुपमा रबिन्द्र गोले तामाङ, अतिथिकाे रुपमा महिला वडा सदस्य बुद्धि माया तामाङ, वडा सचिब दिनेश श्रेष्ठ, समाजसेवी तथा बुद्धिजीवी संघठन सुर्यगढी संयोजक रामेस्वर खनाल, ग्लोबल फेमेली केयर नेपालका सहजकर्ता देबराज तामाङ, लच्याङ स्वास्थ्य चौकी प्रमुख प्रमोद कुमार शाह, पशु प्राबिधिक गजेन्द्र बोहरा, विद्यालय व्यवस्थापन समितिका सदस्य, विद्यालयका प्रमुख तथा कार्यरत शिक्षिकालगायत विद्यार्थी र अभिभावकहरुकाे उपस्थिति रहेकाे थियाे ।

साथै वडाद्वारा नियमित रुपमा प्रवाह हुने सबैखाले सेवाहरु घुम्ती सेवा केन्द्र धोबिखोलामार्फत प्रदान गरिएकाे वडा अध्यक्ष तमाङले जनाकारी दिनुभयाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.