सबैसँगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछुः अध्यक्ष चाैधरी

Share Icon

३ माघ काठमाडाैँ । दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले मुुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष हरि भगत चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“वडामा अहिले पहिले भन्दा धेरै परिर्वतन आएको छ ।”

वडामा स्वास्थ्य, शिक्षा, खानेपानि, सडक तथा कृषिका योजनाहरु रहेको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।

अघिल्लो कार्यकालमा अधुरा रहेका विकास निमार्णका कामहरु तीव्र गतिमा गर्दै सडकमा रहेका ढल निकासाको लागि नालिको काम सम्पन्न भईसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी वडामा रहेका टोलहरुको बाटो तथा सडक गा्रभेल गर्ने तयारीमा रहेका छौँ ।”

उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो, “वडामा पहिलो प्राथमिकता खानेपानिलाई दिँदै वडाबासीहरुको घर घरमा धारा पुराउने कार्य भइरहेको छ ।”

उहाँले वडामा रहेका योजनाका कामहरु माघ महिनासम्म सक्ने लक्ष्यका साथ तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो ।

त्यसैगरी स्वास्थ्य क्षेत्रमा वडामा रहेका टोलहरुमा सरसफाई गर्ने कार्यक्रमहरु योजनामा समेटेको उहाँले बताउनुभयो ।

उहाँले कृषि क्षेत्रमा सिचाईको लागि पुराना नालिहरुलाई पुन.मर्मत तथा निर्माण गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी वडाको चौतर्फी विकासका योजनाहरु रफ्तारमा गरिरहेका छौँ ।”

अध्यक्ष चाैधरी भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडा बासीहरुको समस्यालाई सामाधान गर्दै चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएकाे छु।”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.