Share Icon

३ माघ काठमाडाैँ । कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लौटन चौधरीले स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

पछिल्लो समय कैलाली जिल्लास्थित टिकापुर नगरपालिका वडा नम्बर ९ मा अहिले विकासले मुहार फेरेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष लौटन चौधरी अहोरात्त्र खटिरहनुभएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको उहाँले बताउनुभयो । उहाँलाई वडाबासीहरुले एक सक्षम, इमानदार, मेहेनतिका साथै सहज र सरल वडा अध्यक्षमा रुपमा चिनिनुहुन्छ ।

प्रत्येक वर्ष जस्तै यो वर्ष पनि वडा नम्बर ९ मा वडाबासीहरुको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएका छन् ।

वडा अध्यक्ष चौधरीले वडा खबरसँग कुरा गर्दै भन्नुभयो , “वडामा शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानि, तथा भौतिक पुर्वाधार विकासका योजनाहरु रहेको छन् ।”

उहाँले वडामा रहेका महिलाहरुलाई लक्षित गरेर उद्यमशिल्ता र गुडीया बनाउने तालिम प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा शिक्षालाई पहिलो प्राथमिकता दिँदै वडाका विद्यालयहरुमा कक्षा १ देखि कक्षा १० सम्म निशुल्क पठनपाठन हुने व्यवस्था गरेका छौँ ।”

त्यसैगरी कृषि क्षेत्रमा कृषिलाई व्यवसायीकरण बनाउनको लागि वडाका किसानहरुलाई उन्नत जातको बेमौसमी तरकारीको विउविजन वितरण गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी विकास निर्माणका योजना तथा कार्यक्रमहरु तीव्र गतिमा गर्ने तयारीमा छौँ ।”

उहाँले आफनो पाँच वर्षिय कार्यकाल भित्र आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्यका साथ कामहरु गरिरहेकोे बताउनुभयो ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon