Share Icon

◊सागर परियार

बर्दिया राजापुर ।   बर्दिया राजापुर नगरपालिका वडा नं. ७ मा हात्तिले आत्तक मचाएको छ । गएराति आएको जङ्गली हात्तिले स्थानिय किसान कौशिला दमाई,रामपाल यादब,टोप बहादुर सुनार ,गोपाल ठाकुर ,पम्फा कामिको गरि करिब १३ कठ्ठा गहुँ नोक्सानीको गरेको स्थानिय पिडित किसान कौशिला दमाईले बताउनुभएकाे छ ।

 काैशल थारूले भन्नुभयाे, ‘ यसपाखि थोरै मात्रमा मात्र गहुँ लगाएको थिए सधै नै यसरी हात्तिले धान गहुँ खाई दिने गरेको हुदाँ अहिले आफुले तोरि लगाएको र केहि मात्रमा मात्र  गहुँ लगाएको  तर पनि हातिबाट गहु जोगउन हम्मे हम्मे भएकाे छ ।’

स्थानिय किसानका अनुहार यो समस्या आजको मात्र नभएर बर्षौ देखि भोक्दै आएको बताउछन उहाँहरुका अनुहार रात्रिको समयमा हात्ति आउदा आफुहरु छिमेकीहरु मिलेर टर्च लाईट बालेर आगो बालेर हल्ला गरेर हात्ति धपाउने गरकाे साथै कहिले सम्म बाली बचाउन सकाैला र हामीले भनेर गुनासाे गर्नुभयाे ।

  आफुहरुले वडा कार्यालयमा आवश्क तार बल्ब उपलब्ध गराइ दिनका लागि अनुरोध गर्दा पनि केहि नभएको बताउदै आफुहरुले हामि आफैले बिजुलीको बिल बुझाउने भनेर गाउँमा बैठक बसेर निर्णय गरेर पठाउदा पनि अहिले सम्म केहि सुचना या त्यसको समाधान नै आएको छ भनेर गुनासो पोखेका छन । स्थानिय सरकारले हाम्राे समस्याकाे चाडैं समाधान  गरिदिन अनुराेध गरेका छन् ।

निर्वाचनका समय ठुला ठुला कुरा मात्र बोल्ने तर चुवान जितेर गए पछि जनताका समस्या जस्ताका उस्तै रहने बताउदै ठुला ठुला भाषणले जनताका समस्या समाधान नहुने जनताका समस्या समाधनका लागिले आवश्यक ठाउँमा बिकास गर्ने बताएका छन ।

Facebook Comments Box

Share Icon