Share Icon

१३ बैशाख, काठमाडाैं ।  सुदुरपश्चिम प्रदेश अन्तर्गत सेती अंचलको पहाडी जिल्ला अछामको सुन्दर पर्यटकीय क्षेत्र रामारोशनका नामबाट नामाकरण गरिएको रामारोशन गाउँपालिका नेपाल सरकारको मिति २०७३।०१।२५ को निर्णयबाट साविकका मलातिकोट, चाफामाण्डौ, शान्तडा, बाटुलासैन, रामारोशन, भाटाकाटीया र सुतार गा।वि।स।गरी जम्मा ७ वडा लाई समावेश गरि स्थापना गरिएको हो ।

रामारोशन गाउँपालिका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर ७ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्।

२०५४ सालमा गाबिस अध्यक्ष लगायत थुप्रै समाजिक सेवामा लागीरहनुभएको तप्त बहादुर भण्डारी वडा अध्यक्ष २०७४ सालमा वडा अध्यक्षमा पराजित हुनुभएको थियो । तर पनि निरन्तर रूपमा समाजसेवामा लागी रहनुभयो । निरन्तर रूपमा वडामा स्थानिय बासीको सेवामा लागेको हुनाले स्थानियले मन र मत दुवै दिएर २०७९ सालको स्थानिय चुनावमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा रामारोशन गाउँपालिका वडा नम्बर ७ मा वडा अध्यक्षमा जित्न सफल तप्त बहादुर भण्डारी  वडा अध्यक्ष हुनुहन्छ।

सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। तप्त बहादुर भण्डारीले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।

७ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर ७  का अध्यक्ष तप्त बहादुर भण्डारीले बताउनुभयो।

उहाँले भन्नुभयो जाहिर गरेको प्रतिबद्धता अनुसार विकास निर्माण गरिरहेको छु । साथै समय समयमा सबै वडामा स्थानियको घरदैलोमा पुगेको हुन्छु । वडाको मुख्य समस्या भनेको स्वास्थ्य चौकी तथा वडा कार्यलयको भवनको अभाव हुनु हो स्थानिय सेवा लिन आउँदा पनि बस्ने ठाउँ समेत नरहेको सोचे जस्तो सेवा सुविधा दिन नसकेको वडा अध्यक्ष भण्डारीले गुनासो गर्नुभयो । राज्यले पनि पहुचका आधारमा बजेट दिदाँ वडाका समस्या समाधान गर्न नसकेको कुरा उल्लेख गर्नुभयो ।स्थानियका समस्याको समाधान साघुरो ठाउँमा बसेर दिन बाध्य छौ  वडा अध्यक्ष भण्डारी बताउनुभयाे ।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष भण्डारीले वताउनुभयो।

निरन्तर रुपमा लागीपरेका छौ। मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएको छ । साथै पहिले वडा सदस्यमा रहेर काम गरेको वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको कुरा स्पष्ट पार्नुभयो।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ७ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘पहिलो प्राथमिकता खानेपानिलाई दिएर अन्य सडक,जनचेताना, स्वास्थ्य,शिक्षा, आदिलाई केन्द्रित गरेर काम अघि बढाइएको छ । वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन बताउनुभयो।

अहिले नगरे कहिले गर्न हामी निरन्तर ५ वर्षको कार्यकाल सफल एैतिहासिक बनाउन अहोरात्र खटिरहेको कुरा उल्लेख गर्नुभयो । हरेक विकास निर्माणका योजनाका गुणस्तरमा जोड दिएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

 

 अहिले वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भएको छ ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon