वडा कार्यालयले दियाे विद्यार्थीहरूलाई पाेसाक

Share Icon

काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा बुधबार पनि विद्यार्थीहरूलाई पाेसाक वितरण गरिएकाे छ ।

वडा कार्यालयको समन्वय तथा ग्लोबल फेमिलि केयर नेपालको सहयोगमा विद्यार्थीहरूलाई पाेसाक वितरण गरिएकाे हाे ।

वडा अध्यक्ष राजकुमार तामाङ (रन्जित) ले यस वडा भित्र रहेको श्री निर्गुभुमे आधारभूत विद्यालय सेम्राङका विद्यार्थीलाई पाेसाक वितरण गरिएकाे जानकारी दिनुभयाे ।

उहाँले ग्लोबल फेमिली केयर नेपालको सहयोगमा वडा कार्यालयले अहिलेसम्म करिब ३ सय विद्यार्थीलाई पाेसाक वितरण गरिएकाे जानकारी दिनुभयाे ।

त्यस्तै उहाँले भाेलि बिहीबार श्री चण्डेश्वरी आधारभूत विद्यालय बरादीमा विद्यार्थीहरूलाई पाेसाक वितरण गरिने जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार

वडा कार्यालयद्वारा विद्यार्थीहरूलाई पाेसाक वितरण

 

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.