Share Icon

काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा बुधबार पनि विद्यार्थीहरूलाई पाेसाक वितरण गरिएकाे छ ।

वडा कार्यालयको समन्वय तथा ग्लोबल फेमिलि केयर नेपालको सहयोगमा विद्यार्थीहरूलाई पाेसाक वितरण गरिएकाे हाे ।

वडा अध्यक्ष राजकुमार तामाङ (रन्जित) ले यस वडा भित्र रहेको श्री निर्गुभुमे आधारभूत विद्यालय सेम्राङका विद्यार्थीलाई पाेसाक वितरण गरिएकाे जानकारी दिनुभयाे ।

उहाँले ग्लोबल फेमिली केयर नेपालको सहयोगमा वडा कार्यालयले अहिलेसम्म करिब ३ सय विद्यार्थीलाई पाेसाक वितरण गरिएकाे जानकारी दिनुभयाे ।

त्यस्तै उहाँले भाेलि बिहीबार श्री चण्डेश्वरी आधारभूत विद्यालय बरादीमा विद्यार्थीहरूलाई पाेसाक वितरण गरिने जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार

वडा कार्यालयद्वारा विद्यार्थीहरूलाई पाेसाक वितरण

 

 

Facebook Comments Box

Share Icon