Share Icon

काठमाडाैं । अबुखैरेनी गाउँपालिका वडा नम्बर ५ मा छिम्केस्वोरी फन पार्क भइरहेकाे छ ।

वडा अध्यक्ष सन्ताेष गुरूङले फन पार्ककाे निर्माण कार्य अन्तिम चरण पुगेकाे जानकारी दिनुभयाे ।

उहाँले गण्डकी प्रदेशका पूर्वमन्त्री विकास प्रेमी हरि बहादुर चुमानकाे पहलमा फन पार्ककाे निर्माण भइरहेकाे बताउनु भयाे ।

फन पार्ककाे लागि १० लाख बजेट बिनियाेजन भएकाे वडा अध्यक्ष गुरूङले जानकारी दिनुभयाे । वडा अध्यक्ष गुरूङले पूर्वमन्त्री चमानलाई फन पार्क निर्माणकाे लागि समन्वय गरेकाे भन्दै सामाजिक सञ्जाल धन्यवाद दिनुभयाे ।

Facebook Comments Box

Share Icon