माओवादीले ल्याएको नीति तथा कार्यक्रम संघीयताविरोधी देखियो : सिके राउत

Share Icon

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले माओवादी नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम संघीयताविरोधी देखिएको टिप्पणी गरेका छन्।

मंगलबार नीति तथा कार्यक्रममाथिको छलफलमा उनले संघीयतालाई सबल गर्ने ठोस कार्यक्रम नदेखिएको भन्दै ‘संघीयता’ शब्दसमेत तीनपटक मात्रै उल्लेख गरिएको बताए।

‘म आश्चर्यचकित छु कि माओवादी नेतृत्वको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, त्यो संघीयताविरोधी देखिएको छ,’ उनले भने, बुँदा नम्बर १९ मा के मात्रै लेखिएको छ भने– वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरिनेछ। त्योबाहेक यहाँ कुनै ठोस कार्यक्रम संघीयताका बारेमा ल्याएको छैन।’

सांसद राउतले प्रदेश प्रहरी, कर्मचारी समायोजनलगायत संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयलाई ठोस रूपमा सम्बोधन गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.