Share Icon

काठमाडाैं । शहिद लखन गाउँपालिका वडा नम्बर ४ मा युवाहरूले माैरीकाे घार तयार गरिरहेका छन् ।

वडा अध्यक्ष यम बहादुर थापाले माैरी पालन व्यवसायलाई प्रवर्द्धन गर्ने उदेश्यले युवाहरूले आधुनिक माैरीकाे घार निर्माण गरिरहेकाे जानकारी दिनुभयाे ।

व्यावसायिक मौरीपालक किसानलाई प्रोत्साहन दिने उद्देश्यले घार निर्माण गर्न लागिएकाे वडा अध्यक्ष थापाले बताउनु भयाे ।

वडा कार्यलयका अनुसार आर्थिक वर्ष ०७९/०८० को बजेट अन्तर्गत माैरीकाे घार निर्माण गर्न लागिएकाे हाे ।

Facebook Comments Box

Share Icon