रुपा गाउँपालिका वडा नंम्बर ५ मा मौरी पालन तालिम सम्पन्न

Share Icon

१७ फागुन, काठमाडाैं ।  रुपा गाउँपालिका वडा नं. ५ मा गरिब निवारणका लागी उद्यम विकास कार्यक्रम अन्तर्गत संचालित १ हप्ते मौरी पालन सम्बन्धी सिपविकास तालीम मंगलबार सम्पन्न भएको छ ।

गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र रुपाको पहिचान सबै क्षेत्रमा समृद्धिको अभियान नारा बोेकेर रुपा गाउँपालिकाको आयोजनामा भएको तालिमको गाउँपालिका अध्यक्ष नवराज आझको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

तालिमको समापनमा गाउँपालिका अध्यक्ष आझले तालिमको सिकाई लगनशील भई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनु भएको छ । ग्रामीण क्षेत्रमा महिलाको आत्मनिर्भर बन्नु पर्ने आवश्यकता रहेको भन्दै अध्यक्ष आझले मौरी पालन गरी सक्षम र स्वाबलम्बि बनाउने गाउँपालिकाको कार्यक्रम तथा योजना रहेको बताउनु भएको थियो ।

हरेक व्य  आर्थिक समृद्धी तर्फ लाग्न आवश्यक रहेको तथा न्युनतम एक घर १० मौरीको घार सहित अगाडी मौरी पालनमा लाग्न आवश्यक रहेको अनि मात्र व्यवसायमुखि हुन सकिने साथै मौरी जसरी मेहनती हुन्छ हामी पनि निरन्तर रुपमा मेहेनतका साथ अगाडी बढ्न पर्नेमा वडा नं।५ का वडा अध्यक्ष राजन खनाल जोड दिनुभयो ।

हामी कृषि कार्यमा मात्र सिमित भएकाले आत्मनिर्भर बनि तालिमको सिकाईलाई व्यवहारिक प्रयोग गरि व्यावसायिक रुपमा कार्य गरे मौरी पालन व्यवसायमुखी बनाउन सकिने बताउदै गाउँपालिका साथैं वडाले निरन्तर साथ सहयोग तथा योजनाको तर्जुमा गर्ने वडा अध्यक्ष राजन खनाल बताउनुभयो ।

रुपा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजन खनालको सभापतित्वमा सम्पन्न तालिममा प्रशिक्षक सुर्य प्रसाद लामिछाने  रहनुभएकाे थियाे ।   ३० जनाको सहभागीता रहेको तालिम समापन कार्यक्रम संचालन  ( MEDPA )  कर्मचारी माईती  चौधरीले गर्नु भएको थियोे।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.