नौबहिनी गाउँपालिकाको वडा नम्बर ३ : निर्वाचित जनप्रतिनिधिले एक वर्षमा के-के गरे काम ?
८ बैशाख, काठमाडौं । नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेकाे दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको पनि १ वर्ष बितिसकेको छ ।
जनप्रतिनिधिकै कारण अहिले स्थानीय तहकाे विकास भइरहेकाे छ । स्थानीय तहकाे विकासमा वडा स्तरका जनप्रतिनिधिहरूकाे भूमिका ठूलाे हुन्छ, किनभने जनतासँग दिनकै ठाेक्किने भनेकाे वडा स्तरका जनप्रतिनिधि नै हुन् ।
साेही क्रममा नौबहिनी गाउँपालिकाको वडा नम्बर ३ का जनप्रतिनिधि निर्वाचित भएकाे पनि एक वर्ष पुगेकाे छ । नाैबहिनी गाउँपालिकाको वडा नं ३ साबिक खवाग गाउँ विकास समितिका वडाहरु ९ ,८, ५, ६ मिलेर बनेको छ। यस वडाकाे क्षेत्रफल २३.५ रहेकाे छ | यस बडाकाे जम्मा घरधुरी ५२५ रहेकाेछ । यहाँको जनसंख्या २८७४ रहेको छ जसमा महिला १५९५ पुरुस १२७९ रहेकाे छन् |
वडा नम्बर ३ मा याे एक वर्षमा व्यापक रूपमा विकास भएकाे छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा नम्बर ३ का वडा अध्यक्ष डिल बहादुर के.सी. ।
चालु आर्थिक वर्षको बजेटबाट भइरहेका कामहरू अन्तिम चरणमा रहेकाे वडा अध्यक्ष के.सीले जानकारी गराउनुभयो । आगामी योजनाका लागि टोलटोलमा छलफल भइरहेकाे उहाँले जानकारी दिनुभयाे
उनको नेतृत्वमा एक वर्षमा वडामा ग्राभेल, नाला व्यवस्थापन, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई तथा सार्वजनिक सम्पदाको संरक्षण र सौन्दर्यकरणको काम भएको छ ।
उहाँले भन्नुभयो, “हामीले वडामा प्राथमिकता खानेपानी र सडकलाई दिदैँ वडा नम्बर ३ मा यो वर्ष वडावासीहको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरू सम्पन्न गरेका छौँ।”
स्थानीय तहको चुनाव पश्चात् उक्त वडाको हरेक क्षेत्रमा जनताको अपेक्षा अनुसारका कार्यहरू सशक्त रूपमा अगाडि बढाइएको वडा अध्यक्ष के.सी ले बताउनु भयाे ।
सामाजिक विकास तर्फ पनि वडाले पाइला चालिरहेको छ । सामाजिक विकासका रुपमा वडाले सिप विकासका कार्यक्रमहरु तथा स्वरोजगारका कार्यक्रमहरुलाई प्राथामिकताका साथ अघि बढाएको छ ।
वडाका हरेक ठाउँमा अहिले तीव्र रूपमा विकास भइरहेको र अहिलेसम्म विकास कार्य सुरू नगरिएका ठाउँमा समेत अबको केही दिनमा नै कार्य सुरू गर्ने योजना रहेकाे वडा अध्यक्ष केसीले बताउनुभयाे ।
जनताको समस्या, र वडा विकासको लागी सधैँ तत्पर रहेको वडा अध्यक्ष के.सीले बताउनुभएको छ। उहाँले भन्नुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दो रहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउँदो रहनेछ म सदैब लागि पर्ने छु।”







