हिलेटक्सारमा मौरी कृषक समुहलाई तालिमसँगै घार प्रदान

काठमाडाैं । लमजुङकाे दोर्दी गाउँपालिका वडा नम्बर ९ हिलेटक्सारमा रहेकाे मौरी कृषक समुहलाई तीन दिने माैरी व्यावसय तालिम दिइएकाे छ ।
वडा अध्यक्ष आशिष तामाङले श्री चिसापानी मौरी कृषक समुह (चिसापानी)लाई तीन दिने माैरी व्यावसय तालिम प्रदान गरिएकाे जानकारी दिनुभयाे ।
उहाँले ग्रामीण सामुदायिक विकास केन्द्र (RCDC), वर्ल्ड भिजन नेपालले संयुक्त रूपमा माैरी व्यावसय तालिम प्रदान गरेकाे बताउनु भयाे ।

साथै तालिमपश्चात समुहलाई ५७ थान मौरीकाे घार पनि उपलब्ध गराइएकाे छ ।
मौरी पालनका लागि थोरै लगानीबाट पनि व्यावसाय सुरु गर्न सकिने भएकाे अहिले यसप्रति आकर्षण बढेकाे वडा अध्यक्ष तामाङले बताउनु भयाे ।
उहाँले भन्नुभयाे,’धेरै लगानी गरेर ठूलो मात्रामा पनि सजिलै व्यवसाय सञ्चालन गर्न सकिन्छ । अर्थात् यो साना ठूला दुबै पूँजी भएका व्यक्तिले गर्न सक्ने व्यवसाय हो।’
नेपालमा पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्म व्यावासायिक रुपमा ७० जिल्लामा मौरी पालन भइरहेको छ । व्यावसायिक रुपमा झन्डै १० हजार किसान मौरी पालन व्यावसायमा छन् । ति किसानले ७० हजार घार एपिसमेलिफेरा र २ लाख घार एपिसेरेना जातका मौरी पालिरहेका छन् ।
Related posts:
