Share Icon

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीका दिन सर्वसाधारणलाई दसैंको टीका लगाइदिएका छन् ।

विजया दशमीको अवसरमा ओलीले बिहान ९ देखि १० बजेसम्म गृहजिल्ला झापा दमक–९,शान्तिमार्ग निजी निवासमा परिवार तथा आफन्त र इच्छुकलाई टीका लगाइदिएका हुन् ।

अध्यक्ष ओलीले बडादसैं २०७९ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामनासमेत दिएका छन् ।

अध्यक्ष ओली दम्पत्ती दशैं मनाउन तीन दिनदेखि दमकस्थित आफ्नै निवासमा छन् । ओलीले आफ्नो निर्वाचन क्षेत्रसहित अन्यत्रबाट आउनेहरुलाई एक घण्टा टीका लगाइदिने कार्यक्रम छ ।

अध्यक्ष ओलीले ९१ वर्षीय पिता मोहनप्रसाद ओलीबाट टीका लगाउनेछन् । ओलीले आफ्नो निवासमा बालवालिकालाई टीका लगाएर विजया दशमीको आशिर्वाद दिएका छन् ।

Facebook Comments Box

Share Icon