हिना शुक्ला बनिन् ‘मिसेस् नेपाल पिस’

Share Icon

काठमाडौं:मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटो जेनिकसहित शीर्ष उपाधि चुमेकी हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा फष्ट रनर अप रीमा खड्का, सेकेन्ड रनर अप सुबिना शाक्य, थर्ड रनर अप सीमा सराफ र फोर्थ रनर अप रेशमा पूरी घोषित भए । अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस् नेपाल पिस’ को उपाधि समेत प्रदान गरिएको प्रतियोगितामा राजभाई सुवाल, सीता पाठक, आस्था साख, सृजना जोशी र अभिनेत्री शर्मा पनि निर्णायक रहेका थिए ।

एमी इन्टरटेन्मेन्टको आयोजना र युहान इन्टरनेशनको ब्यवस्थापन रहेको प्रतियोगितामा पब्लिक च्वाइस अञ्जु ढुंगाना, भिवर्स च्वाईस बिनिता प्रधान, मिसेस् ट्यालेन्ट हिरादेवी श्रेष्ठ, म्यानेजमेन्ट च्वाइस सबी ह्यौमिखा, बेस्ट ड्रेसका साथै बेस्ट पिस प्रोजेक्टको संगीना ताम्राकार, बेस्ट वाक अनिशा सुवेदी, बेस्ट स्माइल सपना श्रेष्ठ, मिसेस् कञ्जीनालिटी अञ्जु न्यौपाने र मिसेस् कन्फिडेन्ट मनिषा रेग्मी, बेष्ट पर्सनालीटी रीमा खड्का चुनिए । महिलाविरुद्ध हुने सबैखाले हिंसाको न्युनीकरणमा योगदान दिने हेतुले प्रतियोगिताको आयोजना गरिएको आयोजक एमी इन्टरटेन्मेन्ट एमी रौनियारले बताए । प्रतियोगिता उमेर समूह, विवाहित, डिभोर्सी, तौल, उचाईंको पनि मापदण्ड नराखिएको उनले सुनाए ।
रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा रिमा खड्का, अनिशा सुवेदी, बिनिता प्रधान, श्रेया रेवदी श्रेष्ठ, वन्दना चौधरी, लक्ष्मी ढुंगाना, अञ्जना अमात्य चुके, संगीना ताम्राकार, मनिषा रेग्मी, अर्चना अमात्य, प्रमिला लामा, सपना श्रेष्ठ, साबी ह्यौमिख, हिरादेवी श्रेष्ठ, अन्जु न्यौपाने, सुबिना शाक्य, अञ्जु ढुंगाना, सीमा सराफ, रेशमा पूरी, हिना शुक्ला लगायत प्रतियोगीताको आजीवन सदभावना दूत समेत नियुक्त भएका थिए ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.