किन ट्रोल बनाइँदैछ प्रभास र सैफको नयाँ चलचित्र ‘आदिपुरुष’को ?

Share Icon

काठमाडौं : प्रभास, सैफ अली खान र कृति सेनन स्टारर फिल्म आदिपुरुषको टिजर सार्वजनिक भएको छ । ५०० करोडको बजेटमा बनेको यो फिल्मको टिजर २ अक्टोबरमा रिलिज भएको थियो । तर यसलाई सामाजिक सञ्जालमा लगातार ट्रोल गरिँदै छ ।

कतिपयले यो फिल्ममा तथ्यलाई गलत ढंगले प्रस्तुत गरिएको विश्वास गर्छन् भने धेरैले यसका दृश्यहरू हलिउडबाट नक्कल गरिएको बताएका छन् ।

ट्रोल हुनुको पहिलो कारण भनेको यो फिल्म महर्षि वाल्मीकिको रामायणमा आधारित रहेको निर्माताहरूले आधिकारिक रूपमा घोषणा गरेका छन् । तर रामायण जस्तै फिल्ममा भगवान राम, रावण, लक्ष्मण, हनुमान र उनको बाँदर सेना छन्, तर कुनै पनि पात्र मौलिक कथासँग मिल्दैनन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.