तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ
काठमाडौँ । तनहुँ जिल्ला अदालतले बालिका बलात्कार आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ ।
न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरुद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।
नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो । पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएको थियो ।
नवलपुर अदालतले उनलाई बलात्कार मुद्दाबाट सफाइ दिए पनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो ।
Facebook Comments Box







