अमिताभ र अनुष्काविरूद्ध मुम्बई प्रहरीमा उजुरी

Share Icon

एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चन र अभिनेत्री अनुष्का शर्माविरूद्ध मुम्बई प्रहरीमा उजुरी परेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार अमिताभ र अनुष्काले ट्राफिक नियम उल्लङ्घन गरेका कारण प्रहरीमा उजुरी परेको हाे । सोमबार ट्राफिक जामबाट बच्न आफ्नो कार छाडेर दुई कलाकाहरुले बाइकमा लिफ्ट मागेका थिए।

उक्त तस्बिर र भिडिओमा अमिताभ र अनुष्काले हेलमेट लगाएका छैनन्। न त उनीहरूको चालकले नै हेलमेट लगाएका छन्। यसैबीच मुम्बई प्रहरीले अमिताभ र अनुष्कालाई कारबाही गर्ने बताएको छ।

कलाकारको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले मुम्बई प्रहरीलाई मेन्सन गर्दै दुवै कलाकारविरूद्ध बिना हेलमेट बाइकमा सवार भएको भन्दै उजुरी दिएका छन्। जसको जवाफमा मुम्बई प्रहरीले लेखेका छन्, ‘हामीले यस बारेमा ट्राफिक प्रहरी शाखासँग कुराकानी गरेका छौं।’

सोमबार फिल्म सेटमा समयमै पुग्न अमिताभ बच्चनले बाइकमा लिफ्ट मागेको भन्दै तारिफ भएको थियो। तर हेलमेट नलगाएपछि उनी विवादमा तानिएका हुन्।

अनुष्काले भने आफ्नो बडिगार्डसँग बाइकमा लिफ्ट मागेकी थिइन्। दुवैजनाले हेलमेट नलगाएपछि सामाजिक सञ्जालमा ट्रोल भएको हो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.