अभिनेत्री प्रियंका चोपडा जोन सीनासँग फिल्म खेल्दै

Share Icon

एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाले रुसो ब्रदर्सको वेब सिरिज ‘सिटाडेल’ रिलिजअघि अमेजन स्टुडियोबीच पुनः सहकार्य गरेकी छन्।

यस पटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा डब्लुडब्लुई च्याम्पियन जोन सीनासँग काम गर्दैछिन् । उक्त फिलमको छायांकन आगामी मे महिनादेखि सुरु हुने छ ।

प्रियंकाले यस फिलमको घोषणा सामाजिक सञ्जालबाट गरेकी हुन् । प्रियंकाले जोन सिना र इद्रिस एल्बासँग काम गर्न लागेको उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत तस्वीरपनि सार्वजनिक गरेकी छन्

कथा वस्तुबारे नखुलाइएको यस फिल्ममा सफारान कम्पनीका पिटर सफ्रान र जोन रिकार्ड निर्माता रहेका छन् ।

प्रियंका अहिले आफ्नो आगामी वेब सिरिज ‘सिटाडेल’ को प्रमोशनमा व्यस्त छिन् । यसको प्रमोसनका लागि उनी भारत आएकी छिन् । अमेजन स्टुडियोको यो श्रृंखला अप्रिल २८ मा रिलिज हुने छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.