सभापोखरीको स्वास्थ्य शिबिरमा एक हजार दुई सय बिरामीले लिए निस्शुल्क सेवा

Share Icon

२२ बैशाख ,काठमाडाैं ।   सभापोखरीको स्वास्थ्य शिबिरमा एक हजार दुई सय बिरामीले लिए निस्शुल्क सेवा संखुवासभा स् संखुवासभाको भापोखरी गाउँपालिकामा संचालन भएको निस् शुल्क स्वास्थ्य शिबिरमा एक हजार दुई सय बिरामीले सेवा लिएका छन्।

सभापोखरी गाउँपालिका संखुवासभाको आयोजनामा र सहयोगि सस्था नेपाल नेत्र ज्योती संघ तेजरत्न आँखा अस्पतालको आयोजनामा नाक तथा कान रोग,पाठेघरको क्यान्सर,पाठेघर खसेको लगायत रोगका बिरामीहरुको उपचार गरिएको गाउँपालिका अध्यक्ष भिम बहादुर लिम्बुले जानकारी दिए।

अध्यक्ष लिम्बुका अनुसार बिशेष डाक्टरहरुद्वारा जनरल सेवा तथा मुटु रोग,मधुमेह,उच्च रक्तचाप साथै रगत सम्बन्धी विभिन्न नसर्ने रोगहरुको परिक्षण, दिशा,पिशाब,खकार सहित प्रयोगशाला सम्बन्धी सेवहरु संचालन साथै सम्बन्धित समस्याको औषधि र ४० बर्ष माथिका उमेर समुहका आखाका बिरामीहरुलाई चस्मा लगायत सम्पुर्ण उपलब्ध सेवाहरुको निस्शुल्क रुपमा वितरण गरिएको बताए।

धुपु स्वास्थ्य चौकी र बाह्रबिसे स्वास्थ्य चौकिमा भएको शिविरमा जम्मा १ हजार २ सय भन्दाबढी बिरामीहरुले सेवा लिएका थिए। स्वास्थ्यकर्मी तथा शिबिरमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान तथा बिदाई गरिएको गाउँपालिका अध्यक्षको सचिबालयले जनाएको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.