वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ : अध्यक्ष थापा

Share Icon

२८ जेठ, काठमाडौं ।  कंचनपुर जिल्लाको दक्षिण(पुर्वी) भेगमा अवस्थित पुनर्वास नगरपालिका साबिकका परासन,त्रिभुवनवस्ती र कालिका गरी तीन वटा गा.वि.स गाभिएर बनेको छ ।

नेपाल सरकारको २०७१।०१।२५ को निर्णयबाट यो नगरपालिकाको गठन भएकोमा,२०७३।११।२२को निर्णयबाट वाइसी विचवा गा.वि.स.का वडा नं.५,६,७,८ र ९ यसै नगरपालिकामा गाभिएको हो्रजिल्ला सदरमुकामदेखि २२ कोष टाढा सुदुर दक्षिणमा रहेको नगरपालिकाले आफ्नो ऐतिहासिक भौगोलिक,राजनैतिक,सामाजिक र धार्मिक महत्व बोकेको छ ।

वि.सं.२०२८ सालमा तत्कालिन नेपाल पुनर्वास कम्पनिद्वारा व्यवस्थित रुपले बसोबास गराएको हुँदा सोहि समयदेखि नै यस क्षेत्रलाई पुनर्वास क्षेत्र भनिएको हो।

नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १ वर्ष दिन बितिसकेको छ ।

पुनर्वास नगरपालिका वडा नम्बर २ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ ।

कृषीमा आवद्ध रहेका डम्बर बहादुर थापा २०७९ सालको स्थानिय तहको निर्वाचनमा अमरगढी नगरपालिका वडा नम्बर २ मा जनताको मन र मत दुवै पाएर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ।

चालु आर्थिक बजेटबाट वडामा सत प्रतिशत काम सम्पन्न गरेको बाँकी काम अब चाडै सक्ने वडा अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।

कृषी तथा समाज सेवामा लागी रहनुभएका वडा अध्यक्ष थापा अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ।

उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो। उहाँले थप्दै भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

वडा अध्यक्ष थापाले भन्नुभयो, ‘शिक्षा, कृषि तथा खानेपानी, बाटोघाटो, जनचेताना, स्वास्थ्य लगायतका योजना तथा कार्यक्रमहरू अगाडी वडामा बढाएको छौं ।’

उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। वडा अध्यक्ष थापाले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुतिभयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

पुनर्वास नगरपालिका वडा नम्बर २ मा भएका गतिबिधिहरूकाे तस्बिर ।।।।।।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.