Share Icon

२६ माघ, काठमाडाैँ । ताप्लेजुङ जिल्लाको पाथिभरा पाङवरक गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष दिल कुमार सुनुवार अहोरात्र खटिरहनु भएको छ ।

अध्यक्ष सुनुवार स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।

ताप्लेजुङ जिल्लाको पाथिभरा  पाङवरक गाँउपालिका वडा नम्बर १ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

वडा अध्यक्ष सुनुवार भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष सुनुवारले बताउनुभयो ।
वडा अध्यक्ष सुनुवारल वडा खबर सँग कुरा गर्दै भन्नुभयो, ” म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु । ”

त्यस्तै अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँले भन्नुभयो, “ हामीले वडामा विशेष प्राथमिक्ता शिक्षा र कृषी लाई दिदैँ वडा नम्बर १ मा यो वर्ष पनि वडावासीहरुको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडामा शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिदै हाल विकास योजना कामहरु कार्यान्वयन  साथै उपभोक्ता समिति गठन भइरहेको उहाँले बताउनुभयो ।

उहाँले कतिपय योजनाहरु सम्झौता भइसकेको र अबको केही समयमा काम पनि सुरु हुने जानकारी दिनुभएको छ ।
वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष सुनुवार भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई स्वच्छ्, सफा, सुन्दर बनाउनेका साथै जनताले चाहेका अपेक्षाहरु पुरा गर्ने र आफ्नो वडा मलाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon