समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष कोईराला
♠ हस्ता विष्ट
२३ फागुन, काठमाडाैँ । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नंं. ६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ६ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा दिनेश बाबु कोइराला ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष कोइराला अहोरात्र खटिरहनु भएको छ ।
सुन्दरबजार नगरपालिका वडा नंं. ६ मा पालिकाबाट जम्मा बजेट ५५ लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।
वडा अध्यक्ष काेइराला भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, तटबन्धन, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष कोइरालाले बताउनुभयोे ।
वडा अध्यक्ष काेइरालाले भन्नुभयो, ” वडामा कृषिलाई व्यवसायम बनाउनको लागि मौरी पालनलाई विशेष जोड दिदै वडाबाट मौरीको घारहरु वितरण गर्ने, तरकारी खेतिको लागि टनेलको वितरण गर्ने योजनामा रहेका छ । ”
बाटो सडकको क्षेत्रमा स्तरउन्नति गर्दै बाटो कुनै बाटो ढलान गर्ने, कुनै बाटो कालोपत्रे गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । त्यसै गरी शिक्षाको क्षेत्रमा आधुनिक शिक्षण प्रणाली ल्याउनको वडामा रहेका सामुदायिक विद्यालयमा कम्प्युटरहरु वितरण गर्ने योजनामा रहेको वडा अध्यक्ष कोइरालाले प्रष्ट पार्नुभयो ।
वडाबासीहरुको घरघरमा सहजै खानेपानी पुराउनको लागि एक घर एक धारा निमार्ण गर्नको लागि तीव्र गतिमा काम भईरहेको उहाँले बताउनुभयो । त्यसै गरी स्वास्थ्यको क्षेत्रमा सुत्केरी महिलाहरु भत्ताको व्यवस्था गरेको र पोषण कार्यक्रमहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेका छौ । ”
उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







