प्युठान नगरपालिका वडा नम्बर ३ मा एक महिने सिलाइकटाइ तालिम
काठमाडाैं । प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ३ मा एक महिने सिलाइकटाई तालिम सम्पन्न भएकाे छ ।
प्युठान नगरपालिकाको आर्थिक विकास समितिकाे आयोजनामा एक महिने सिलाइकटाई तालिमको सम्पन्न भएकाे हाे ।
लक्षित वर्गको कार्यक्रम अन्तर्गत दलित, जनजाती समुदायका विपन्न महिला तथा पुरूषलाई सिलाइकटाई तालिम दिइएकाे नगर प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजकसमेत रहनुभएका वडा अध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिनुभयाे ।
वडा अध्यक्ष श्रेष्ठले प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको बताउनु भयो ।
Facebook Comments Box







