प्युठान नगरपालिका वडा नम्बर ३ मा एक महिने कम्प्युटर तालिम सम्पन्न
काठमाडाैं । प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ३ मा एक महिने कम्प्युटर तालिम सम्पन्न भएकाे छ ।
प्युठान नगरपालिकाको आर्थिक विकास समितिकाे आयोजनामा एक महिने कम्प्युटर तालिमको सम्पन्न भएकाे हाे ।
लक्षित वर्गको कार्यक्रम अन्तर्गत दलित, जनजाती समुदायका विपन्न युवाहरूलाई कम्प्युटर तालिम दिइएकाे नगर प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजकसमेत रहनुभएका वडा अध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिनुभयाे ।
तालिमका ७४ जना सहभागी रहेकाे उहाँले बताउनु भयाे ।
Facebook Comments Box







