विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने छ : अध्यक्ष साउँद

Share Icon

१३ बैशाख ,काठमाडाैं ।   ऐतिहाँसिक दृष्टिकोणले हालको मेल्लेख गाउँपालिका तथा साविकको विन्धेवासिनी गाविसको वडाको आफ्नै खालको विशेषता रहेको छ । मेल्लेख गाँउपालिकाका विभिन्न ८ वटा वडाहरुको अस्थायि केन्द्र पनि हो ।

सुदूरपश्चिम प्रदेश अछाम जिल्लामा अवस्थित मेल्लेख गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष चन्द्र बहादुर साउँदले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ । जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा मेल्लेख गाउँपालिका वडा नम्बर ४ मा वडा अध्यक्षमा जित्न सफल वडा अध्यक्ष चन्द्र बहादुर साउँद  हुनुहन्छ।

उहाँले भन्नुभयो, “८० प्रतिशत काम यो आर्थिक वर्षको काम वडाको विकास निर्माणका सकिसकेको बताउनुभयो सम्पुर्ण काम बैशाख भित्र काम सक्ने लागीरहेका छौ ।’
पहिलो खानेपानि ,शिक्षा सिचाई तथा समग्र वडाका समस्यालाई प्राथमिकताका राखेर काम गर्न लागेको बताउनुभयो स्थानियले सदैव साथ र सहयोग गरिरहेको बताउनुभयो। । उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको वडा अध्यक्ष चन्द्र बहादुर साउँद बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा विशेष पहल वडामा चालेको हुनाले वडाका स्थानियले राहतको महशुस गरेको वडा वडा अध्यक्ष उल्लेख गनुभयो ।

उहाँले थप्दै भन्रुभयो, “राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे ,अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागी अवसर हो।”

उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। चन्द्र बहादुर साउँदले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।

योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो। वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा समाज सेवामा  आबद्ध रहनुभएका  साउँदले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा र साउँदले वताउनुभयो।

उहाँले भन्रुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु ।”

मेरो वडाको विशेषता भनेका कुनै दल गुट उपगुट नभनि सबै साथिहरुलाई समेटेर विकास निर्माणका कार्यसंग जोडेर अगाडि बढिरहेको छौं ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.