Share Icon

♥उमेश दलामी

१३ बैशाख, काठमाडाैं ।  भारतको केरलामा भिडियो हेर्दै गर्दा मोबाइल पड्किदा आठ वर्षीया बालिकाको मृत्यु भएको छ।

सोमबार राति केरलाको थिरुभिलवामालामा मृत्यु हुने बालिका आदित्यश्री थिइन्। उनी पूर्व ब्लक पञ्चायत सदस्य, पजयान्नुर र सौम्या, सेवा सहकारी बैंक, तिरुविलवामालाकी निर्देशक अशोक कुमारकी छोरी हुन्।

आदित्यश्री कक्षा ३ मा अध्ययनरत छात्रा हुन । परिवारको अनुसार मोबाइल फोन बालिकाको हातमा नै विस्फोट भएको थियो।

घट्नाबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ भने फरेन्सिक टोलीलाई पनि खटाएको छ। स्थानीय बासिन्दाका अनुसार घरबाट ठूलो आवाज आएको थियो। दुर्घटना सोमबार राति साढे १० बजे भएको थियो। घटनाको समयमा बालिका र उनकी हजुरआमा मात्रै घरमा रहेको थिए।

धेरै विद्यार्थीहरू छुट्टीको समयमा भिडियोहरू हेर्ने र गेम खेल्न मोबाइल फोनको प्रयोग धेरै गर्ने भएकाले यस घटनाले विशेष गरी अभिभावकहरूलाई तर्साएको छ।

मोबाइल फोन धेरै तातेकाले पड्किएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले बताएको छ। विज्ञहरूले चार्ज गर्दै मोबाइल फोन प्रयोग नगर्न चेतावनी दिएको पनि स्थानीय वासी राज कुमारले बताएका हुन्।

Facebook Comments Box

Share Icon