नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष दुरा
♠हस्ता विष्ट
२८ फागुन, काठमाडाैँ । सेती र मादी नदीको पवित्र संगम तटमा अवस्थित महर्षि र्वेद व्यास र पराशरको तपोभूमी ९ कर्म क्षेत्र० रहेको यस व्यास नगरपालिका देशमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात दमौली गा।वि।स। र स्याम्घा गा।वि।स।को केही क्षेत्रलाई समेटेर २०४८ साल चैत्रमा व्यास नगरपालकाको नामाकरण गरी घोषणा गरिएको हो ।
२४८.०० वर्ग कि.मी. क्षेत्रफल रहेको यस नगरपालिकालाई १४ वटा वडामा ९२०७९ असार ३० गतेसम्म २४८ टोल० विभाजन गरिएको छ । जसमध्ये वडा नं. १, २, ३ र ४ शहरी क्षेत्र, वडा नं. ५, ७, १० र ११ अर्धशहरी क्षेत्र र बाँकी सबै वडाहरु ग्रामिण क्षेत्रमा पर्दछन् ।
यो नगरपालिका समुन्द्री सतहबाट २८० मी. देखि १२४५ मी. सम्म उचाईमा रहेको छ भने न्यूनतम ८.४० सेल्सियस देखि अधिकतम ३७.०० सेल्सियस सम्म तापक्रम हुनुका साथै औषत वार्षिक वर्षा १९६०.६ मि.मि. हुने गरेको छ ।
गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित व्यास नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष दल बहादुर दुरा स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
व्यास नगरपालिका वडा नं. ११ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष दल बहादुर दुरा ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष दुरा अहोरात्र खटिरहनुभएको छ ।
व्यास नगरपालिका वडा नं. ११ मा पालिकाबाट जम्मा बजेट १ करोड २५ लाख, प्रदेशबाट ४ करोड ९१ लाख, संघबाट ३ करोड ६लाख र नगरबाट १ अकरोड १८ लाखको बजेट विनियोजन गरिएको वडा अध्यक्ष दुराले बताउनुभयो ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष दुरा भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्य क्षदुराले बताउनुभयोे ।
वडा अध्यक्ष दुराले भन्नुभयो, ” वडामा बाटोलाई पहिलो प्राथमिकता दिए साथसाथै सबै भन्दा धेरै बजेट विनियोजन गरेर बाटो स्तरउन्नति गर्दै कुनै बाटो ढलान गर्ने, ग्राभेल गर्ने र कालोपत्रे गर्ने योजनामा रहेको छ । ”
त्यसै गरी शिक्षाको क्षेत्रमा शिक्षामा गुणस्तरीय शिक्षा ल्याउनको लागि वडामा रहेका सामुदायिक विद्यालयहरुको भौतिक संरचना निमार्ण योजनामा रहेको वडा अध्यक्ष दुराले प्रष्ट पार्नुभयो ।
कृषिको क्षेत्रमा मध्यनजर गर्दै कृषिलाई व्यवसायमय बनाउनको लागि विभिन्न तरकारीहरुको विउँ विजन वितरण गर्ने, रासायनिक मल, घासको विउँहरु, मौरीको घारहरु वितरण गर्ने र पशुहरुको लागि विभिन्न औषधिहरु निशुल्क वितरण गरेको वडा अध्यक्ष दुराको भनाई छ ।
त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा निमार्ण गर्नको लागि बृहत रुपमा कामहरु भईरहेको उहाँले बताउनुभयो ।
स्वास्थ्यको क्षेत्रमा वडामा रहेका बाल बालिकाहरुलाई कुपोषणबाट बचाउनको लागि वडाबाट बजेट विनियोजन गरेर विभिन्न औषधिहरुको वितरण गर्ने कामहरु गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ । ”
उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ११ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ११ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







