सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेर एक लाख छ हजार तीन सय पुगेको छ ।
तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ सय कायम भएको छ ।
मबार चाँदीको मूल्य भने स्थीर रहेको छ। आइतबारजस्तै सोमबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ।
Facebook Comments Box