कति छ आज सुनको मूल्य ?
३ माघ, काठमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार एक सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार सात सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार तीन सय ९० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
Facebook Comments Box
Related posts:
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष मगर
समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष पौडेल
छ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा, झण्डै ८० करोड राजस्व संकलन
शिक्षालाई पहिलाे प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष के. सी
वडामा पहिलो प्राथमिकता बाटोलाई दिएर काम गर्दै : वडा अध्यक्ष थापा