राजापुर नगरपालिका ६ मा वडा स्तरिय बाल क्लबको बैठक तथा बिपद सम्बन्धि जानकारी
♥ सागर परियार
बर्दिया, राजापुर । बर्दिया राजापुर नगरपालिका वडा न ६ मा वडा स्तरीय बाल क्लबको बैठक तथा बिपद संबंधित जानकारी कार्यक्रम सम्पन्न गरिएको छ ।
राजापुर नगरपालिका को आयोजना मा संचालक गरिएको कार्यक्रम मा बोल्दै वडा अध्यक्ष अशराज न्यौपानेले बालबालिका का भन्नेका भोलि का कर्णदार हुन उनी हरुबाट नै एउटा असल सभ्य समाजको कल्पना गर्न सक्ने बताउदै समुदाय मा कुनै किसिमको बिपद पर्दा त्यसको खबर पनि आजभोली का बालबालिका ले सामाजिक संजाल बाट खबर
पुगाउन योगदान गर्ने बताउदै हाम्रो नगरपालिका का मा अझपनि ४७% बालबिबाह भैरहेको छ आफुले सो कार्यलाइ कम गराउन आफ्ना वडामा रहेका रहेक टोल मा त्यस सम्बन्धि सचेतानामुलक कार्यक्रम संचालित गरेको सो कार्यक्रम बाट केही हद सम्म भए पनि बालबिवाह कम हुने बताउदै बालबालिका का रहेक कुरा मा अहम भुमिका हुने बताउनु भएको छ।
राजापुर नगरपालिका का सूचना शाखा प्रमुख खुशिराम थारु का अनुसार बाल क्लबको बैठकमा बिपद सम्बन्धि जानकारी किन गरिएको बारेमा स्पष्ट पार्नु भएको थियो उहाँ का अनुसार आजका बालबालिका भन्नेका डिजिटल युगका हुन सबैले
हिजोआज प्रयोग गरिने साधन मोबाइल मा बिपद बारे सम्पुर्ण जानकारी लिन सकिने यस क्षेत्र मा १२ किसिममा बिपद रहेता पनि मुख्य भन्नेको बाढी को प्रमुख बिपद रहने
बालबालिकालाई बिपद सम्बन्धि तालिम दिनुको मुख्य कारण त्यस्ता कुनै प्रकार का बिपद संबंधित जानकारी समयमै थाहा पाउँदा समुदायमा खबर पुगाउने र सक्के सम्म कम क्षती हुने बताउनु भएको छ ।
सो कार्यक्रम वडा सचिव अनिता चौधरी संचालित गर्नु भएको थियो भन्ने कार्यक्रम का बडघर वडा सदस्य तथा १९ जना बालबालिका को उपस्थिति मा कार्यक्रम सम्मापन गरिएको थियो ।







