धोकेबाजलाई अन्तिम प्रेम पत्र
१३ फागुन, काठमाडाैँ । तिमी आफै नजिक सरेकि थियौ, मैले बोलाएको थिएन। अब आफ्नै इच्छाले टाढा जान्छौ भने म चुपचाप बिदाईकोहात हल्लाउने छु। अब तिमी पनि पराई झै बन्छौ भने म हाँसेरै टारिदिनेछु। मलाई आँसु त एकान्तमा मनपर्छ।
तिमी म सँग रिसाए पनि, दुखी भए पनि, नबोले पनि अनि भावनात्मक रुपमा समेत टाढा गएपनि हाम्रो साझा सपनाले साकार रुप लिने विश्वासमा कमी नल्याउनू म तिम्रो अपेक्षा पूर्ण गर्न आफ्नो बलबुताले भ्याउने सबथोक गर्नेछु।
तिमी मलाई जसरी बुझ, जे बुझ केही फरक पर्दैन, म तिम्रो को हुँ र ? तिमी मेरो को हौ रुरु यो मलाई राम्ररी थाहा छ। यो स्पष्टतामा म तिमी सँग गुनासो गर्न सक्दैन।
आफूले आफै सँग कसरी गुनासो गर्ने ? आफू बाट आफै टाढा हुँदा को सँग गुनासो गर्ने रु मलाई तिमी बाट टाढा जानुमा आपत्ति छैन। मलाई एक्लोपन सँग डर लाग्दैन, लामो दूरी सँग डर लाग्दैन किनकि म एक्लो भएको धेरै भइ सक्यो।
आफ्ना विचार भावना कतै व्यक्त नगरी नै सामान्य अवस्थामा रहन बानी परि सक्यो। कहिले काही उथलपुथल भएर पोखिनु अर्कै कुरा, अन्यथा मलाई एक्लो पनमै रमाइलो लाग्छ। एक्लै छँदा जति काम गर्न सक्छु, जति नँया सिर्जना गर्न सक्छु अरुकोहि नजिकमा हुँदा काममा मलाई बाधा पुग्छ, सिर्जना गर्न त असम्भव नै हुन्छ। म अन्तरमुखि छु सायद, त्यसैले अरुको सामु आफुलाई पोख्न गाह्रो पर्छ। अनि, दूरी बढ्दैमा माया, विश्वास र आफ्नो पनमा कमी आउँदैन भन्ने मैले अनुभव गरेको छु।
मलाई असाध्यै धेरै माया गर्ने मान्छे म बाट धेरै टाढा हुँदा पनि न त्यो मायामा बदलाव आएको छ न त विश्वास र अपनत्वमा। यसकारण, म तिमी टाढा जाने कुरामा आत्तिएको छैन, तिमी पहिले देखि नै टाढिन तयार थियौ अझै छौ।विगतका ति पिडादायी क्षणलाई म फेरी स्मरण गर्न चाहन्न।
ति यसै पनि पिडादायी छन। तर त्यो पिडाको मात्रा यो पिडाको अगाडी न्यून छ । मलाई थाहा छैन म तिमीलाई के भन्न र के दिन आए। र मलाई यो पनि थाहा छैन तिमीले के सुन्यौ र के पायौ र? हो यो प्रश्नको जवाफ न तिमी सँग छ न म सँग।
तिम्रो नजरमा म आफुलाई धेरै तल भएको महशुस गर्न चाहन्न। त्यसैले तिमीलाई केहि भन्न मात्र म अदृष्य आवाजको रुपमा प्रशारित भएको छु। यो प्रशारण तिम्रो चाहना हैन मेरो बाध्यता हो। म हिजो पनि अदृष्य थिए आज पनि अदृष्य नै छु। केवल केहि समयको लागि, केहि क्षणको लागि, कुन शक्तिले मलाई तिमी सामु आउने साहश दियो।
तिमीलाई यति धेरै कुरा सुनाउछु भनेर आएको थिए तर किन किन केहि पनि भन्न सकिरहेको छैन। जुन अदृष्य आवाजले मलाई यहाँ सम्म ल्याएको छ त्यहि आवाजले मलाई केहि पनि भन्न दिइ रहेको छैन। सायद त्यो अदृष्य आवाजले तिमीलाई धेरै माया गर्छ। त्यसैले तिमीलाई दुख्ने कुनै पनि कुरा बोल्न दिइरहेको छैन।
म पनि तिमीलाई माया गर्छु। मेरा कुराले तिमीलाई अवश्य दुख्छ। तर पनि म तिमीलाई सुनाउन चाहान्छु। तिमी मेरो निम्ति कहिल्यै रुने छैनौ। किन भने तिमी बाट बिदा हुदाँ तिमीले मलाई आँसु सहित बिदा गरेकि थियौ। त्यो आँसु नै मेरो लागि अन्तिम सम्झना होस भन्ने चहान्छु। त्यो मेरो लागि अमूल्य छ।
म जुन स्थानमा छु त्यो केवल तिमीलाई मात्र थाहा छ। त्यसैले यो स्थानमा कहिल्यै नआउनु। म यो स्थानमा सुरक्षित र सन्तुष्ट छु। किन कि यो तिमीले मेरो लागि मायाले छुट्याएको स्थान हो। तिमी मलाई अब कहिल्यै नसम्झनु ।
मलाई थाहा छ तिमीले मलाई सम्झे मात्र पनि आँसु धारा बहने छन र त्यहि धाराले तिम्रो न्यानोपनलाई भिझाई दिनेछ।अरुको सामु तिमीले मेरो बारेमा कहिल्यै झुटो नबोल्नु। किनकी म तिम्रो अध्यारो अतित मात्र हुँ।
मेरो लागि तिम्रो मनमा जुन कौतुहलता थियो त्यो कौतुहलतामै समाप्त गरिदेउ। म बास्तविकता बनेर तिम्रो सामु आउन सक्दैन।यहाँ भन्दा धेरै दुःखी बनाउने अधिकार म सँग छैन। यो आवाज तिम्रो लागि हो। यो अदृष्य आवाज केवल तिमिलाई दिदै यो अन्तिम पत्र तिमिलाई सुम्पिन चाहन्छु।
उहि तिमिलाई माया गर्ने पागल मान्छे म गणेश ।।







