Share Icon

२२ असाेज, काठमाडाैं । नेपालको प्रदेश नम्बर १ अन्तर्गत पर्ने सोलुखुम्बु जिल्लाको दक्षिण-पश्चिम दिशामा अवस्थित लिखु पिके गाउँपालिका नेपालको एक हिमाली गाउँपालिका हो ।

नेपालको  संविधान २०७२ ले अङ्गिकृत गरेको तीन तहको राज्य संरचना बमोजिम स्थानिय तह वर्गिकृत हुँदा सोलुखुम्बु जिल्लाका साविक गाउँ विकास समितिहरु  गोली, चौंलाखर्क र भकान्जेलाई समेटेर वि. सं. २०७३ फाल्गुण २७  गते लिखु पिके गाउँपालिका स्थापना गरिएको हो । विश्व सम्पदाकाे सूचीमा सूचीकृत नेपालको पहिचान सर्वोच्च शिखर सगरमाथा यसै जिल्लामा पर्ने हुँदा यस गाउँपालिकाको समेत विशेष ऐतिहासिक महत्व रहेको छ । साेही गाउँपालिकाको क्षेत्रफल १२४.३८ वर्ग किलाेमिटर रहेकाे छ ।

यस लिखु पिके गाउँपालिकाको पूर्वी सीमानामा सोलुखुम्बु जिल्लाकै सोलुदूधकुण्ड नगरपालिका पश्चिमी सीमानामा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका, उत्तरी सीमानामा सोलुदूधकुण्ड नगरपालिका र उमाकुण्ड गाउँपालिका रहेका छन् भने दक्षिणी सीमानामा ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा  गाउँपालिका रहेको छ । यो गाउँपालिका प्रदेश नं. ३ सँग सिमाना जोडिएका स्थानिय तहहरु मध्येको एक हो ।

यस गाउँपालिकामा सप्तकोशी नदीको एक सहायक लिखु नदी, किन्जा खोला, घट्टे खोला र खिम्जा खोला  पिके क्षेत्र यस गाउँपलिकाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा चिनिन्छ । यहाँबाट विश्वको अग्लो शिखर सगरमाथा लगएताका हिमालहरुको अवलोकन गर्न सकिन्छ ।

यस गाउँपालिकाभित्र आफ्नै मौलिक विशेषता र महत्व रहेका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको पनि छन । देवी थान,बौद्ध,खबतरी कुल मन्दिर,गुरु रिम्पोक्षे गुम्बा,ओर्गेन साङ छोलिङ गुम्बा,चण्डी स्थान र सेती भुमे मन्दिर लगायतका अरु धेरै धार्मिक स्थलहरु रहेका छन ।

लिखु पिके गाउँपालिका-४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीकाे अभाव रहेकाे पनि बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले ३ वटा सामुदायिक विद्यालय रहेकाे र शिक्षा क्षेत्रमा सुधार उन्मुख रहेकाे जानकारी गराउनुभएकाे हाे। कृषि क्षेत्रमा बजारीकरणकाे अभाव रहेकाे उहाँले बताउनुभयाे। यहाँका कृषकले किवी, अलैंची र आलु खेती बढी मात्रमा गर्ने गरेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।

प्राथमिक स्वास्थ्य चाैकीमार्फत वडाका नागरिककाे उपचार भइरहेकाे उहाँले जानकारी गराउनुभयाे । साथै ५ शैयाकाे अस्पताल पनि निर्माण भइरहेकाे उहाँले जानकारी गराउनुभयाे । सामाजिक सुरक्षा भक्ता २ वटा बैंक मार्फत सहज रूपमा वितरण भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे 

विद्युतकाे केन्द्रीय प्रसारण लाइन विस्तार भइरहेकाे र यसै वर्षभित्र सबै काम पूरा हुने पनि उहाँले जानकारी गराउनुभयाे । वैदेशिक राेजगारीमा जाने युवाई राेक्ने प्रयास भइररहेकाे र प्रधानमन्त्री राेजगार कार्यक्रम पनि संचालन भइरहेकाे पनि उहाँले जानकारी गराउनुभएकाे छ।

सडक बाह्रै महिना संचालन भइरहेकाे बताउँदै उहाँले साेलिङ, सडककाे मर्मत सम्भारकाे काम पनि भइरहेकाे बताउनुभयाे । यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभएकाे हाे । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे।

जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ।साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ४ लाई पालिकाले ३५ लाख, प्रदेश र संघीय सरकारले दिएकाे थप बजेटसहित कुल १ कराेड १२ लाख बजेट रहेकाे उहाँले बताउनुभयाे।

पहिलाे कार्यकाल चुनाैती पूर्ण रहेकाे बताउँदै अध्यक्ष बस्नेतले दाेस्राे कार्यकालमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्य रहेकाे दावी गर्नुभएकाे छ।

Facebook Comments Box

Share Icon