Share Icon

♣ हस्ता विष्ट

१५ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित दोर्दी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मिन बहादुर गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित दोर्दी गाउँपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा मिन बहादुर गुरुङ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष अहोरात्र खटिरहनुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङ बताउनुभयोे ।

उहाँले भन्नुभयोे, वडामा रहेको बाटोको स्तरउन्नति गर्दै कुनै ठाउँमा ढलान गर्ने र कुनै ठाउँमा ग्राभेल गर्ने काम भईरहेको छ ।

त्यसै गरी शिक्षाको क्षेत्रमा वडामा रहेको सामुदायिक विद्यालयको वरिपरि बाढी पहिरो भुक्षय जाने ठाउँमा रोक थाम गर्नको लागि तटबन्धन गरिएको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

स्वास्थ्यको क्षेत्रमा वडामा रहेको स्वास्थ्य चौकीको भवनको रङरोगन गर्ने काम सम्पन्न भएको उहाँले बताउनुभयो ।

त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा पुराउने अभियानका साथ काम अगाडि बढाईरहेको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।

त्यसै गरी कृषिको क्षेत्रमा विशेष जोड दिदै विभिन्न तरकारीको विउँविजनहरु वितरण गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष अधिकारीले भन्नुभयो, स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर कामहरु अगाडि बढाइरहेको छ ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon