सुत्केरीकाे उद्धारका लागि हामी नि:शुल्क एम्बुलेन्स र हेलिकाेप्टरकाे व्यवस्था गरेका छाैँ : वडा अध्यक्ष बिक

Share Icon

१७ माघ, काठमाडाैं । रुकुम (पूर्व) जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १ मा अहिले स्वास्थ्यलाई विशेष प्रथामिकता दिइएकाे छ ।

वडा अध्यक्ष विरमान बिकले वडा रहेका वडावासीकाे स्वास्थ्यमा सबैकाे पहुँच हुने उद्देश्यले विभिन्न सुविधाहरू प्रदान गर्दै आइएकाे बताउनु भयाे ।

उहाँले वडामा रहेका सुत्केरी महिला र गरिब तथा विपन्न वर्गका बिरामीहरूलाई नि:शुल्क यातायातकाे व्यवस्था गरेकाे बताउनु भयाे ।

उहाँले विशेष गरी सुत्केरीहरूलाई तत्काल एम्बुलेन्सकाे व्यवस्था गरी उद्दार गर्ने कार्यमा वडा कार्यालय दिनरात लागिरहेकाे बताउनु भयाे ।

उहाँले याे वडा हिमाली जिल्लाकाे विकट क्षेत्रमा पर्ने गरेकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘याे वडा अति विकट हिमाली क्षेत्र हाे, यहाँ एक २८ वर्षीया महिला समिता पुन: मगरकाे सुत्केरी हुन नसक्दा जिल्ला अस्पतालले बागलुङ जिल्ला अस्पतालमा रेफर गरेकाे थियाे, त्यहाँ लैजाने क्रममा बाटाेमा नै बच्चा जन्मिएकाे छ, नर्मल बच्चा ३७/३८ हप्तामा जन्मन्छ, तर उहाँकाे ३२ हप्तामै बच्चा जन्मिएकाे छ, अहिले बच्चा शकुसल रहेकाे जानकारी मलाई जिल्ला अस्पातल बागलुङबाट आएकाे छ।’

वडा अध्यक्ष बिकले रुकुम (पूर्व) मा आईसीयूकाे नभएकाेले सुत्केरीलाई समस्या हुने गरेकाे बताउनु भयाे । उहाँले याे वडा विकट हिमाली क्षेत्रमा पर्ने भएकाेले बालबालिका तथा सुत्केरी महिलाले समयमै स्वास्थ्य सुविधा नपाउँदा अकालमै ज्यान जाने गरेकाे पनि बताउनु भयाे ।

उहाँले बालबालिका तथा सुत्केरी महिलाकाे ज्यान जाेगाउने उद्देश्यले स्वास्थ्य क्षेत्रकाे सुधारका लागि विभिन्न याेजना तथा कार्यक्रमहरू ल्याइएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘याे वडा विकट क्षेत्रमा पर्ने भएकाेले सुत्केरी हुने बेला महिलाहरूलाई समस्या हुने गर्छ, तर त्याे समस्यालाई हामीहरूले तत्काल निराकरण गर्न एम्बुलेन्स तथा हेलिकाेप्टरकाे व्यवस्था गरेका छाैँ।’

सिंहदरबारको अधिकार गाउँमा महसुस गराउने प्रयत्नमा हामी लागिपरेकाे उहाँले बताउनु भयाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.