Share Icon

१९ पाैष, कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर २ मा विकास चौधरीले स्थानीय तहको निर्वाचनमा  बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

पछिल्लो समय वडा नं. २ ले विकासको फड्को मारिहेको छ। वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष विकास चौधरी अहोरात्र खटिरहनु भएको छ।

वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँले भन्नुभयो,’वडामा रहेका सडकहरुमा ग्राबेल गर्ने काम भइरहेकाे छ।’ वडाको क्लबमार्फत खेलकुद सम्बन्धी क्रियाकलापहरू भइरहेकाे उहाँले बताउनुभयाे।

त्यसैगरी अघिल्लो महिनामा बाल दिवसको अवसर पारेर बाल विकास कार्यक्रम पनि गरिएकाे उहाँले जानकारी दिनुभयाे । वडामा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर योजनाका काम तीव्र गतिमा भइरहेकाे उहाँले बताउनुभयो।

उहाँले भन्नुभयाे, ‘वडामा विशेष प्राथमिकता स्वास्थ्य र शिक्षालाई दिएसँगै स्वास्थ्य क्षेत्रमा स्वास्थ्य भवन निर्माण कार्य सुरु हुन लागेको र शिक्षा क्षेत्रमा अधुरो रहेको शैक्षिक भवन निर्माण कार्य जारी रहेको छ।’

उहाँले ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमका साथै न्यानो कपडाहरु (ब्लाङ्केट तथा कमल) वितरण गर्ने कार्यक्रम पनि सम्पन्न भएकाे बताउनुभयाे ।

त्यसैगरी महिला किसानहरुलाई ट्याङ्की वितरण गर्ने र कृषकहरुलाई कृषि सम्बन्धी सिप विकास मुलक २० जनालाई तरकारी खेतीको लागि तालिम प्रदान गर्ने पनि उहाँले बताउनुभयो।

उहाँले भन्नुभयाे,’आफ्नो कार्यकाल भित्र वडा कार्यलयमा प्रतीक्षालयसँगै शौचालय बनाउने याेजना रहेकाे छ।’

Facebook Comments Box

Share Icon