Share Icon

१९ पौष, काठमाडौं । नेपालमा ८० प्रतिशत हिन्दू धर्मावलम्बी छन्। पौष महिनाको सकिँदै गर्दा माघ महिनाको आगमनसँगै नेपालमा माघ महिनाको विशेष महत्व छ।

नेपालमा धेरै बसोबास हिन्दू धर्मावलम्बीहरू भएकाे कारणले माघ महिनाकाे विशेष महत्व छ । याे महिनालाई धार्मिक महिनाको रूपमा पनि लिने गरिन्छ।

माघ महिनाकाे सबै जातजातीमा आ-आफ्नो महत्व रहेको छ। साथैं बाँके, बर्दिया लगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक यतिबेला देखिन थालेको छ। माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन्।

बर्दिया राजापुर वडा नम्बर ७ का वडाध्यक्ष रामु थारुले भन्नुभयाे, ‘अहिले राजापुर माघीमय बनेकाे छ। थारू बाहुल्यता भएका यस ठाउँमा माघ महिनाकाे विशेष महत्व रहेकाे छ। माघीकाे महत्व भएर नै हाम्राे उद्याेग वाणिज्य संघ राजापुरले पनि यसलाई पहिलाे प्रथामिकतामा राखेर माघी महाेसवकाे आयोजना गरेको छ ।’

हाम्रो लागि हर्षको कुरा भएको  उहाँले बताउनु भयाे । हाम्रो टोलटोलमा पनि थारु जातिमा नाँचगान हुने कार्यक्रम रहेको बताउनुभयो ।

थारू समुदायमा माघि पर्व कसरी मनाउने गरिन्छ भनेर वडा खवरले साेधेकाे प्रश्नमा वडा नम्बर ७ का वडाध्यक्ष रामु थारुले याे माघी पर्वका अवसरमा गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेकाे बताउनुभयाे ।

उहाले भन्नुभयाे,’गाउँगाउँमा रातभर आगो बाल्न दाउरा सङ्कलन, धान, चामल कूटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त रहेका छन्।’

चामलको पिठोबाट ढिक्री पकाउने, अनदीको जाँड, रोटी, भातका मिठामिठा परिकार बनाउने कार्यमा महिलाहरू जुटेकाे उहाँले बताउनु भयाे।

उहाँले भन्नुभयाे, ‘माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गरिन्छ। गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गरिन्छ।’

नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगगरी घरमा आएर खिचडी दान गर्ने प्रचलन रहेको उहाँले बताउनु भयाे । थारू समुदायमा माघीको रौनकमा खानपिन सँगसँगै आफनो वेषभूषामा नाचगान र संस्कृति झल्कने खालका प्रस्तुति हुने गरेकाे उहाँले जानकारी दिनु भयाे ।

अन्तमा उहाँले भन्नुभयाे, ‘ आउँदै गरेकाे माघ पर्वकाे  अवसमा  वडा नम्बर ७ का  वडाबासिहरूलाई अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु । ‘

Facebook Comments Box

Share Icon