Share Icon

२८ बैशाख ,काठमाडाैं । १ पाङ उप -स्वास्थ्य चौकी प्रमुख दामोदर सुवेदी निरन्तर रूपमा स्वास्थ्य सेवामा अहाेरात्र खटिएर काम गर्दै हुनुहुन्छ ।

पछिल्लो समय आमा र बच्चाको स्वास्थ्यसम्बन्धी सचेतना बढ्दै जाँदा स्वास्थ्य आमा समूहमा सहभागी हुनेको संख्या बढ्दै गएको छ।

हरेक समूहको नेतृत्व महिला स्वास्थ्य स्वयंसेविकाले सम्हालेका हुन्छन्। लुङग्री गाउँपालिका ९ वटा वडामा १७ वटा आमा समुह छन् । प्रत्येक स्वास्थ्य स्वयंसेविकाले समूहमा मासिक रूपमा बैठक राख्ने गर्छन्। पुर्ण रुपमा शुन्य सुत्करी वडा घोषण भएको छ। सुवेदीले बताउनुभयो ।

समूहको बैठक प्रत्येक महिनाको एकपटक आमा समूहका अध्यक्ष वा स्वयंसेविकाले खबर गरेको ठाउँ र समयमा बस्ने गरेको छ। प्रत्येक महिनाको निश्चित गते बैठक बस्ने गर्छ। बैठकमा नियमित जाँदा आमा र बच्चाको स्वास्थ्य तथा पोषणसम्बन्धी धेरै कुरा जानकारी दिने गरेकाे राेल्पा जिल्लाको लुङग्री गाउँपालिका–१ पाङ उप -स्वास्थ्य चौकी प्रमुख दामोदर सुवेदीले बताउनुभयो ।

बैठकमा समूहका सदस्यबाहेक अरू पनि आउने गरेका छन्। स्वास्थ्य र पोषणको विषयमा बुझ्न खोज्नेहरू समूहमा आउने गरेको सुवेदीले बताउनुभयो।

आफू र बच्चाको स्वास्थ्य स्थितिबारे जानकारी हुन्छ र केही खतराको संकेत देखिएको छ भने बेलैमा उपचार पाउन सकिन्छ, जसले गर्दा खर्च र ज्यान जोगाउन सिकेको सहभागीहरुले बताउँछन् सुवेदीले बताउनुभयो , जिल्लामा गठन गरिएका अधिकांश समूह सक्रिय छन्। समूह सक्रिय भएको ठाउँमा स्वास्थ्यका साथै सामाजिक क्षेत्र, शिक्षा, कृषि तथा पशु क्षेत्रमा समेत सुधार आएको पाङ उप- स्वास्थ्य चौकी प्रमुख सुवेदीले बताउनुभयो

वडाले पनि हरेक स्वास्थ्य गतिबिधिमा साथ र सहयाेग निरन्तर गरेकाे उप- स्वास्थ्य चौकी प्रमुख दामोदर सुवेदीले बताउनुभयो ।

 

Facebook Comments Box

Share Icon