स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष चौधरी
१९ पाैष, कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर २ मा विकास चौधरीले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभयो । पछिल्लो समय वडा नं. २ ले विकासको फड्को मारिहेको छ। वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष विकास चौधरी अहोरात्र खटिरहनु भएको छ। वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँले भन्नुभयो,'वडामा रहेका सडकहरुमा ग्राबेल गर्ने काम भइरहेकाे छ।' वडाको क्लबमार्फत खेलकुद सम्बन्धी क्रियाकलापहरू भइरहेकाे उहाँले बताउनुभयाे। त्यसैगरी अघिल्लो महिनामा बाल दिवसको अवसर पारेर बाल विकास कार्यक्रम पनि गरिएकाे उहाँले जानकारी दिनुभयाे । वडामा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर…
