Share Icon

१९भदाै, काठमाडाैँ । नवलपरासी बर्दघाट सुस्ता पूर्व। स्थानीय तहको नामः बुलिङटार गाउँपालिका क्षेत्रफलः १४७।६८ वर्ग किलोमिटर जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार, कुल जनसंख्याः १४५९६ ९ महिलाः ७५८९स पुरुषः ७००७०स जनगणना घर संख्याः ३३०५ स परिवार संख्याः ३५६९वडा संख्याः ६ ९ साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिकास कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी ९४(९ वडाहरु०, भारतीपुर गाविस० जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरीः ४६ किलोमिटर भौगोलि अवस्थिति ।

पूर्वी देशान्तरसम्म सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ गाउँपालिका र दक्षिणमा देवचुली नगरपालिका प्रमुख पर्यटकीय गन्तव्यः घुमारीघाट, झेरिखण्डे दरबार, देबचुलि डाँडा, बरचुलि डाँडा, झाक्री गुफा, गडगडी, रामेश्वरघाट, जलदेवी थान।

प्रमुख जातजातीः मगर, कुमाल, दराइ, नेवार, ब्राह्मण, क्षेत्री, बोटे आदी। परम्परागत लोक नृत्यहरुः मगर समुदायको कौडा, चुट्का, सोरठी आदी। यस गाउँपालिकाले नेपालको कुल भुभागको ०।०७८८ प्रतिशत र नवलपरासी ९ब।सु।पू ० को १४।१५ प्रतिशत भूभाग ओगटेको छ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित बलिङटार गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष विष्णु थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

बलिङटार गाउँपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष विष्णु थापा ।

वडा अध्यक्ष मगर भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये लगभग सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेकोे छ ।”

विष्णु थापा वडा अध्यक्ष निर्वाचित हुनुभन्दा कृषि पेसाबाट आबद्ध भए सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

बलिङटार गाउँपालिका वडा नं. ४ मा पालिकाबाट, प्रदेश र संघबाट गरी जम्मा बजेट १५ करोड बजेट विनियोजन गरिएको वडा अध्यक्ष विष्णु थापाले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष मगरले बताउनुभयोे ।

वडा अध्यक्ष थापाले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता बाटोलाई दिए साथसाथै बाटोको स्तरउन्नति गर्दै ग्राभेल गर्ने, नाली बाटो बनाउने कामहरु भईरहेको छ ।”

त्यसै गरी शिक्षाको क्षेत्रमा वडामा रहेको सामुदायिक विद्यालयहरुको भवन मर्मत सम्भार गर्ने, गुणस्तरीय शिक्षा ल्याउनको लागि शिक्षकहरुलाई तालिमको व्यवस्था गरेको वडा अध्यक्ष मगरले जानकारी दिनुभयो ।

वडा अध्यक्ष थापाले भन्नुभयो, ” स्वास्थ्यको क्षेत्रमा वडामा रहेको स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिइरहेको र स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु गरिरहेका छौ । “

त्यसै गरी खानेपानीको क्षेत्रमा वडाबासीहरुको घरघरमा खानेपानीको धारा पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेको वडा अध्यक्ष थापाले प्रष्ट पार्नुभयो ।

त्यसै गरी कृषिको क्षेत्रमा कृषिलाई प्रर्वधन गर्दै कृषकहरुलाई विभिन्न तरकारी खेति सम्बन्धि तालिमहरु प्रदान गर्ने, तरकारी र अन्नबालीमा लाग्ने रोगको औषधिहरु वितरण गर्ने र विभिन्न तरकारीहरुको विउँ विजनहरु वितरण गरेको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ” वडामा महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको, महिला सशक्तिकरणका तालिमहरु सञ्चालन गर्ने योजनामा रहेको छ । “

त्यसै गरी युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको लागि सामाग्रीहरुको वितरण गर्ने र प्रोत्साहन बापत पुरस्कारहरुको व्यवस्था गरेको वडा अध्यक्ष थापाले बताउनुभयो ।

 वडा अध्यक्ष विष्णु थापाले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon