वडाको चौतर्फी विकास गर्दै अध्यक्ष बोहोरा
♦ हस्ता विष्ट
२६ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित भानु नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष अर्जुन बहादुर बोहोरा स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
भानु नगरपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष अर्जुन बहादुर बोहोरा ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष बोहोरा अहोरात्र खटिरहनुभएको छ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष बोहोरा भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष बोहोराले बताउनुभयोे ।
वडा अध्यक्ष बोहोराले भन्नुभयो, ” वडामा शिक्षा, स्वास्थ्य र बाटोलाई पहिलो प्राथमिकता दिए साथसाथै बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै वडामा रहेका बाटोहरुको ट्रयाक खोल्ने, सिढी बाटो, खोला नालामा तटबन्धन तार जालि लगाउने कामहरु सम्पन्न भएको छ । ”
त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा निमार्ण गर्नको लागि बृहत रुपमा काम भईरहेको वडा अध्यक्ष बोहोराले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा खोपहरु लगाउने काम सम्पन्न भएको छ । ” त्यसै गरी कृषिको क्षेत्रमा कृषि उत्पादन बढाउनको लागि सिचाईको लागि कुलो निमार्ण गरेको र विभिन्न तरकारीहरुको विउँ विजनहरु वितरण गरेको वडा अध्यक्ष बोहोराको भनाई छ ।
वडा अध्यक्ष बोहोरा निर्वाचित हुनुभन्दा पहिले भानु नगरपालिकामा कार्यरत हुनुहुन्थ्यो । त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरिएको उहाँले प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







