अर्थ

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एक तोलाको भाउ १ लाख २० हजार नाघ्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एक तोलाको भाउ १ लाख २० हजार नाघ्यो

१७ मंसिर, काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । छापावाल सुनको भाउ आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो । शुक्रबार ३ सय रुपैयाँ घटेर १ लाख १९ हजार रुपैयाँमा झरेको सुन आइतबार भने एकै दिन १८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघको भनाइ छ । चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । आइतबार प्रतितोला १५४५ रुपैयाँमा चाँदीको…
Read More
अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड

१५ मंसिर, काठमाडौं । अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ७४ पैसा पुगेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ १४ पैसा कायम भएको छ । डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो । अमेरिकी डलरको मूल्य बढ्नु भनेको नेपाली मुद्रा थप कमजोर हुनु हो । डलरको मूल्य बढ्दा रेमिट्यान्स क्षेत्रमा आन्तरिक रुपमा फाइदा देखिने गरेको छ । डलरको मूल्य बढ्दा सामान्यतः खाडी मुलुकका मुद्राको भाउ पनि बढ्ने गरेको छ । जसले गर्दा नेपालमा रेमिट्यान्सले धेरै भाउ पाउँछ । आन्तरिक रुपमा लाभ देखिए पनि वैदेशिक मुद्रा बजारमा…
Read More
एक महिनामै सेयर मूल्य १५ प्रतिशतभन्दा धेरै बढेका यी ७ कम्पनी

एक महिनामै सेयर मूल्य १५ प्रतिशतभन्दा धेरै बढेका यी ७ कम्पनी

१५ मंसिर, काठमाडौं । समग्र सेयर बजारको प्रदर्शन लगानीकर्ताका लागि सन्तोषजनक हुन नसकिरहेका बेला केही कम्पनीको प्रदर्शन भने उत्साहजनक देखिएको छ । पछिल्लो १ महिनामा ७ वटा कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढेको छ । विगत एक महिनामा समग्र सेयर बजारको अंक भने स्थिर रहयो । कात्तिक १५ गते नेप्से परिसूचक १८५८ अंकमा रहेकोमा सामान्य उतारचढावपछि मंसिर १४ गते पनि १८५८ अंकमै कायम भएको छ । यही अवधिमा दुई होटल, दुई जलविद्युत् कम्पनी, एक लगानी कम्पनी, एक उत्पादन कम्पनी र एक लघुवित्त कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढेको छ । किन बढ्यो यी कम्पनीको मूल्य ? सिमित सेयर आपूर्ति हुने…
Read More
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

१५ मंसिर, काठमाडौं । साताको अन्तिम दिन शनिबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्दा चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक लाख १९ हजार, तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० र चाँदीको मूल्य एक हजार ५ सय ४० रुपैयाँ कायम भएको छ । यो मूल्य सुनको रेकर्ड मूल्यबाट केही तल झरेको हो । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड मूल्यमा स्थिर थियो । हिजो छापावल सुनको मूल्य एक लाख १९ हजार ३ सय, तेजावी सुनको मूल्य एक…
Read More
निफ्राले बोलायो वार्षिक साधारणसभा, नगद लाभांश पारित हुने

निफ्राले बोलायो वार्षिक साधारणसभा, नगद लाभांश पारित हुने

१५ मंसिर, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पुस १७ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुनेछ । त्यस्तै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु छनोट गर्न निर्वाचन समेत हुने बैंकले एक सूचनामार्फत जनाएको छ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह स्थिति लगायतका विवरणमाथि छलफल गरी सभाले पारित गर्ने कम्पनीले जनाएको छ ।
Read More
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १८.०६ अंकले घटेको छ। यस दिन नेप्से ०.९६ प्रतिशतले घटेर १८५८.५३ बिन्दुमा बन्द भएको छ। बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रूपैयाँ पुगेको छ। यस दिन २८९ वटा धितोपत्रको ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर किनबेच भएको हो। बिहीबार रूरू जलविद्युतको सेयर मूल्य सर्वाधिक ५.६३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७५० रूपैयाँ पुगेको छ।…
Read More
फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

१४ मंसिर, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगदसहित कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले १७ करोड २१ लाख रुपैयाँ बराबर लाभांश प्रदान गर्नेछ । कम्पनीको लाभांश गत वर्षको तुलनामा घटेको हो । गत आर्थिक वर्ष १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । फर्स्ट माइक्रोफाइनान्ससहित ७ माइक्रोफाइनान्सले हालसम्म लाभांश घोषण गरेका छन् । यसअघि धौलागिरि, सपोर्ट, एनआईसी एसिया, स्वाबलम्बन, आरएसडीसी र युनिक नेपाल लघुवित्तले लाभांश घोषणा गरिसकेका छन् ।
Read More
सुनको भाउमा लगातार रेकर्ड, तोलाको एक लाख १९ हजार नाघ्यो

सुनको भाउमा लगातार रेकर्ड, तोलाको एक लाख १९ हजार नाघ्यो

१३ मंसिर, काठमाडौं । सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो । बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार प्रतितोला एक लाख १७ हजार ४०० तथा मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधबार प्रतिऔंस २०४७ डलर हाराहारीमा पुगेको छ ।
Read More
सर्वोत्तम सिमेन्टको सेयरमा ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ

सर्वोत्तम सिमेन्टको सेयरमा ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ

११ मंसिर, काठमाडौं । संस्थागत लगानीकर्तालाई सर्वोत्तम सिमेन्टको प्राथमिक सेयरमा ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ कायम भएको छ । बुक बिल्डिङ विधिमार्फत पहिलो पटक खुलेको सर्वोत्तमको सेयर संस्थाहरुलाई बाँडफाँटका क्रममा कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएको हो । नेप्से स्रोतका अनुसार कम्पनीको मूल्यमा न्यूनतम ४०१ रुपैयाँदेखि अधिकतम ४०६ रुपैयाँसम्मको मूल्यमा सेयर माग गर्दै संस्थाहरुले आवेदन दिएका थिए । कुल ४१ वटा संस्थाले ३६ लाख बढी कित्ता सेयर माग गरेका थिए । संस्थाहरुलाई कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएसँगै सर्वसाधारणलाई कम्पनीको मूल्य प्रतिकित्ता ३६१ रुपैयाँ पर्ने भएको छ । बुकबिल्डिङ निर्देशिकाअनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई…
Read More
मिटरब्याजसम्बन्धी चार सय ३८ उजुरी फछ्र्याेट

मिटरब्याजसम्बन्धी चार सय ३८ उजुरी फछ्र्याेट

११ मङ्सिर,वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फछ्र्याेट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट चार सय ३८ वटा उजुरी पीडितको पक्षमा फछ्र्याेट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । यस्तै सहमति नभएपछि दुई मुद्दा दर्ता भएको जनाएको छ । दर्ता भएका उजुरीमध्ये आठ सय ४५ उजुरीको छानबिन गर्दा चार सय ३८ वटामा दुवै पक्षबीच सहमति भएर फछ्र्याेट भएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । उहाँका अनुसार छानबिनपश्चात ८४ कित्ताको १६ बिघा छ कठ्ठा आठ धुर…
Read More
Page 1 of 23
1 2 3 23
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.