अर्थ

सयपत्री फूलको व्यावसायिक खेतीबाट आम्दानी

सयपत्री फूलको व्यावसायिक खेतीबाट आम्दानी

–अजयकुमार साह  २१ कात्तिक, धनुषा । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा व्यस्त देखिनुहुन्छ फूल व्यवसायी रामप्रवोध पण्डित । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका रामप्रवोध पण्डित व्यावसायिक सयपत्री फूल खेती गर्नुभएको छ । पण्डितले चार वर्षअघि कोरोनाको समयमा बन्दाबन्दी हुँदा कामविहीन भएपछि सुबधिमाई पूmल भण्डार तथा उत्पादन शाखा सञ्चालन गरेर व्यावसायिक फूल खेती सुरुवात गर्नुभएको थियो । हरैयामा १० कट्ठा जमिन भाडामा लिएर उहाँले व्यावसायिक फूल खेती सुरु गर्नुभएको थियो । सुरुमा फूल खेतीसम्बन्धी अनुभव नहुँदा र लगातार दुई वर्षको बन्दाबन्दीमा खासै आम्दानी गर्न नसके पनि व्यवसायलाई उहाँले निरन्तरता…
Read More
शेयर बजारको ओरालो यात्रा कायमै

शेयर बजारको ओरालो यात्रा कायमै

१५ कात्तिक,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ५८ दशमलव ५६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता शेयर ७७ हजार आठ सय ७० पटक खरिदबिक्री हुँदा रू ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । लगानी समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेका छन्…
Read More
सुन तोलामा पाँच सय रूपैयाँ घट्याे

सुन तोलामा पाँच सय रूपैयाँ घट्याे

१३कात्तिक,काठमाडाैँ।  स्थानीय बजारमा सुनको मूल्य सोमबार पाँच सय रूपैयाँले घटेको छ। आइतबार अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको सुन केही सस्तिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावालको सुनको मूल्य प्रतितोला  एक लाख १७ हजार थियो। त्यस्तै, सोमबारको लागि तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार नौं सय ५० तोकिएको छ। आइतबारको लागि तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार चार सय ५० रूपैयाँ तोकिएको थियो। त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय १० तोकिएको छ। आइतबारको तुलनामा चाँदी पाँच रूपैयाँले सस्तो…
Read More
सुनको मूल्यमा फेरि बन्यो नयाँ रेकर्ड, तोलाकै एक लाख १५ हजार पाँच सय

सुनको मूल्यमा फेरि बन्यो नयाँ रेकर्ड, तोलाकै एक लाख १५ हजार पाँच सय

३ कात्तिक, काठमाडाैँ ।  नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।बिहीबार पनि रेकर्ड बनाएको सुनको मूल्य तोलामा एकै दिन एक हजार आठ सय रूपैयाँले बढेको हो। बिहीबार सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। आज शुक्रबार सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल…
Read More
२ महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स

२ महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स

३० असोज, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनामा झण्डै साढे २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.१ प्रतिशत धेरै हो । अघिल्लो आवको पहिलो दुई महिनामा १९.८ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्ष अझ वृद्धि भएको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा…
Read More
एक महिनामा २५ अर्ब थपियो विदेशी मुद्रा सञ्चिति, झण्डै १६ खर्ब पुग्यो

एक महिनामा २५ अर्ब थपियो विदेशी मुद्रा सञ्चिति, झण्डै १६ खर्ब पुग्यो

३० असोज, काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै १६ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति एक महिनामा झण्डै २५ अर्ब ७८ करोड रुपैयाँ थप भई भदौ मसान्तसम्म १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यो सञ्चिति आर्थिक वर्ष २०७९/८० को अन्तिम महिना (असार)को तुलनामा ३.९ प्रतिशत धेरै हो । अमेरिकी डलरमा भदौ मसान्तसम्म १२ अर्ब १ करोड विदेशी मुद्रा…
Read More
सुन चाँदीको मूल्य घट्यो

सुन चाँदीको मूल्य घट्यो

३० असोज, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ३५० रुपैयाँ र चाँदीको मूल्य १३ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार एक लाख १२ हजार ३०० रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन र १३ सय ९० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
Read More
नेप्से परिसूचकको ओरालो यात्रा जारी

नेप्से परिसूचकको ओरालो यात्रा जारी

२९ असोज, काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३८ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलब ७४ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट भएको छ । विभिन्न कम्पनीका ४८ लाख ३७ हजार आठ सय ९३ कित्ता शेयर रु एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० मूल्यमा कारोबार भएको…
Read More
सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार?

सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार?

२९ असाेज, काठमाडाैँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। आइतबार प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला सात सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो। सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने…
Read More
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

२४ असोज,काठमाडौँ । यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौं दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ८६ कम्पनीका ३७ लाख ३३ हजार पाँच सय २४ कित्ता शेयर ५५ हजार एक सय ९७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ८५ लाख ४७ हजार नौ सय ८० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १३, निर्जीवन बीमा समूह शून्य दशमलव…
Read More
Page 3 of 23
1 2 3 4 5 23
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.